सर्लाहीको गोडैता नगरपालिका ८ बाट प्रहरीले भन्सार छलीको मद्यिरा बरामद् गरेको छ ।. गोडैता नगरपालिका ८ को जैपुरबाट मधुवानिगोठ तर्फ लादै गरेको सोफी ३ बोरा,बा.२६ प.८२६६ र द्यच्ण्टब्क्घज्ञघट नं.को भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा रक्सी र मोटरसाईकल छोडि मानिसहरु भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बरामद गरिएको रक्सी र मोटरसाईकल करिब दुई लाख बिस हजार बराबरको रहेको प्रहरीले जनाएको छ । क्सी र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेका छन ।