Close This

सर्लाही २ मा ४८ उम्मेदवार मध्य २३ स्वतन्त्र र २५ दलबाट(नामावली सहित)

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१२ गते   १२९१ पटक हेरिएको

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाहीको क्षेत्र नम्बर २ मा स्वतन्त्र सहित ४८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १७ जना र प्रदेश सभामा ३१ जना गरि कुल ४८ जनाको उम्मेदवारी परेको हो ।
२ वटा प्रदेश सभा रहेको सर्लाही क्षेत्र नम्बर २ मा ८ जनाको प्रतिनिधि सभा तर्फ स्वतन्त्र र ९ जनाको विभिन्न राजनैतिक  दलबाट प्रतिनिधि सभा तर्फ उम्मेदवारी परेको छ भने सर्लाही २(क) मा ७ जनाको स्वतन्त्र र ६ जनाको विभिन्न राजनैतिक दलबाट प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ ।त्यस्तै सर्लाही २(ख)मा ८  जनाको स्वतन्त्र र १० जनाको विभिन्न राजनैतिक दलबाट प्रदेश सभाका लागि उम्मेदवारी परेको हो ।
त्यस्तै,सर्लाही क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ कामिल मियाँ मुकेरी,मनोज कुमार साह,राज किशोरराय यादव,राज नारायण राय यादव,राम नाथ साह,शुसिला कुमारी ,श्रवण साह र सतिश कुमार चौधरीको स्वतन्त्र उम्मेदवारी परेको हो ।
यता, नेकपा(एमाले) र जनता समाजववादी पार्टी नेपालको दुई दलिय गठबन्धनबाट राज नारायण साह,लोकतान्त्रीक समाजवादी पार्टी,नेपालबाट राजेन्द्र महतो,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विकेश महतो,हाम्रो नेपाली पार्टीबाट वीरवंश वैठा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जय करण महतो,जनमत पार्टीबाट नरेश प्रसाद कुशवाह,नेपाल संघिय समाजवादी पार्टीबाट मोस्तकिम अंसारी,बहुजन एकता पार्टीबाट मोहम्मद मनसरिफ अन्सारी र नेकपा(माओवादी केन्द्र)बाट महेन्द्र राय यादवको गरि १७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी प्रदेश सभा तर्फ २(क) मा ७ जनाको स्वतन्त्र र ६ जनाको विभिन्न राजनैतिक दलबाट गरि १३ जनाको प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ । स्वतन्त्र तर्फ कौशल किशोर यादव,तिर्थराज प्रसाद साह,नागेन्द्र साह,राम नरेश राय,लालबाबु यादव,विरेन्द्र प्रसाद अधिकारी(यादव) र सत्य नाारयण चौधरी कलवारको स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो ।
यता,नेकपा(माओवादी केन्द्र)बाट सुनिल कुमार साह,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश्वरी देवी,जनमत पार्टीबाट भरत चौधरी,नेपाल संघिय समाजवादी पार्टीबाट तपेश्वर ठाकुर, नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)नेकपा(एकिकृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी लगायतको पाँच दलिय गठबन्धनबाट जंगिलाल राय,नेकपा(एमाले) र जनता समाजवादी पार्टीको दुई दलिय गठबन्धनबाट  किशुनदेव रायको उम्मेदवारी परेको छ ।
त्यस्तै सर्लाही २(ख)मा ८ जनाको स्वतन्त्र र १० जनाको विभिन्न राजनैतिक दलबाट गरि १८ जनाको प्रदेश सभाका लागि उम्मेदवारी परेको छ । 
स्वतन्त्र तर्फ नन्दलाल साह तेली,नागेन्द्र कुमार चौधरी,प्रमोद कुमार महतो,राजेन्द्र राय यादव,राजेश कुमार राय,लक्ष्मी महतो सुडी,शिव शंकर राय र शुभाष कुमार गुप्ताको उम्मेदवारी परेको छ । भने जनता प्रगतिशिल पार्टी नेपालबाट सोगारथ साह कानु,हाम्रो पार्टी नेपालबाट सुरेश राय,बहुजन एकता पार्टी नेपालबाट वीरेन्द्र राम,नेपाल संघिय समाजवादी पार्टी नेपालबाट रजी अहमद्,लोकतान्त्रीक समाजवादी पार्टी नेपालबाट मेथुर चौधरी,जनता समाजवादी पार्टी नेपालबाट अशोक कुमार यादव,नेपाली कांग्रेसबाट कौशल किशोर राय,जनमत पार्टीबाट दिलीप कुमार कर्ण,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पुकारी देवी र नेपाल जनता पार्टीबाट महेन्द्र साह तेलीको उम्मेदवारी परेको छ ।
सर्लाही क्षेत्र नम्बर २ मा १ जना र २(क)मा १ र २(ख)मा १ जना गरि ३ जना प्रत्यक्ष निर्वाचिन हुन ४८ जनाको उम्मेदवारी परेको हो । जसमा २३ जनाको स्वतन्त्र र २५ जनाको विभिन्न राजनैतिक दलबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech