Close This

करिब २ घण्टादेखि अवरुद्ध पुर्व पश्चिम लोकमार्ग सुचारु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२२ गते   २५९ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती पुलमा करिब २ घण्टा बढीदेखि भएको अवरुद्ध खुलेको छ ।  बागमती  नगरपालिका ११ स्थित पुर्व पश्चीम लोकमार्गको बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका थिए ।
बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि स्थानियले क्षेतीपुर्तीको माग राख्दै बागमती पुलमा टायर वालेर प्रदर्शन गरेका हुन । बागमती नदी किनारमा रहेको अर्जुन रायमाझीको क्रसरमा लगेको लाईन अव्यवस्थित रुपमा रहेकाले क्रसरको लापरबाहीले आफ्ना मानिसको ज्यान गएको भन्दै पीडित र स्थानियले क्षतिपूर्तिको माग गरेका छन् भने क्रसमा लगिएको लाईन नङ्गो तर राखिनु नै लापरबाही रहेकाले त्यसको अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे २ बजेबाट लोकमार्ग अवरुद्ध गरेका थिए।
बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाको करेन्ट लागेर ज्यान गएको थियो । त्यस पश्चात् पीडित पक्षले  उचित क्षेतीपुर्ति र नाङ्गो तारमा पाईप हाल्ने पुर्व सहमती कार्यन्वयन गर्न भन्दै  टायर वालेर सडक अवरुद्ध गरेका थिए। वाईवाका २ छोरा रहेका र उनीहरुलाई  रु ५ लाखका दरले क्षेतीपुर्ति उपलब्ध गराउनु पर्ने पीडित पक्षको माग छ। बागमती नदी किनारमा रहेको क्रसरमा लगिएको लाईनको नाङ्गो तारमा करेन्ट लागेर वाईवाको  मंगलबार साँझ ज्यान गएको थियो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech