सामाजिक सुरक्षा भक्ता घरघरमै पुर्याउने हरिवन नगरपालिकाको घोषणा

3.1k Shares

सर्लाहीको हरिवन नगरपालिकाले नगर क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई घर घरमै पुगेर वितरण गर्ने भएको छ । नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले वृद्धबुद्धा, एकल महिला, अपांग लगायतलाई घर घरमै पुगेर भत्ता वितरण गर्ने तयारी गरिएको बताउनु भयो ।

विशेषगरी ११ वर्ष मुनीका बालबालिका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकमा कोरोना भाईरस संक्रमणको जोखिम बढी हुने भएकाले सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर वितरण गर्ने निर्णय गरिएको नगर प्रमुख प्रसाईंले बताउनु भयो । उहाँका अनुसार ‘जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय बैंकहरुले घर घरमै पुगेर भत्ता वितरण गर्ने गरी तयारी अगाडी बढाइएको छ ।’
यसअघि त्यस्तो भत्ता नगरपालिकाले स्वयं सेवाग्राहीकै बैंक खातामा हालिदिने र सेवाग्राहीले बैंकमा पुगेर झिक्ने गरेका थिए । लकडाउनको अवस्थामा सेवाग्राही आफै बैंकमा आउँदा बढी भिडभाड हुने र कोरोना भाईरस संक्रमणको जोखिम बढ्ने भएकाले घर घरमै पुगेर भत्ता वितरणको तयारी गरिएको नगर प्रमुख प्रसाईंले बताउनु भयो  । 

सम्बन्धित समाचार