Close This

जिल्लामा कोरोना संक्रमितको संख्या ४८१,लानपा अझै सुरक्षित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३२ गते   ३२५ पटक हेरिएको

 जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको छ । शुक्रवार ५८ जना  र सनिवार १० जना गरि जम्मा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि  जिल्लामा कोरोना संक्रमितकोे संख्या ४ सय ८१ पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो । शुक्रवार जिल्लाका  ८ र सनिवार ५ वटा स्थानिय निकायमा कोरोना संक्रमिणको पुष्टि भएको प्रजिअ जिसीले जानकारी दिनु भयो ।
सबैभन्दा बढि जिल्लाको हरिवन नगरपालिकामा २९ जना, विष्णु गाउँपालिकामा १० जना, हरिपुर्वा नगरपालिकामा ५ जना, बसवरीया गाउँपालिकामा ४ जना, ईश्वरपुर नगरपालिकामा ३ जना, कौडेना गाउँपालिकामा ३ जना, पर्सा गाउँपालिकामा २ जना र ब्रह्म्पुरी गाउँपालिकामा २ जना गरी ५८ जनामा कोरोना संक्रमण शुक्रबार देखिएको हो । त्यस्तै शनिवार  सबैभन्दा बढि ईश्वरपुर नगरपालिकामा ४ जना, हरिवन नगरपालिकामा २ जना, बिष्णु गाउँपालिकामा २ जना, बागमती नगरपालिकामा १ जना र बसवरीया गाउँपालिकामा १ जना गरी १० जनामा कोरोना संक्रमण देखिएको प्रजिअ जिसीले जानकारी दिनुभयो । ११ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय निरन्तर कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ।
 कोरोना संक्रमण बढ्न नदिन विभिन्न सरोकारवाला निकायहरुले सर्तकता अपनाई रहेका भएपनि छिमेकी देश भारतसंग खुल्ला सिमाना भएका कारण समस्या सृजना भई रहेको स्थानिय निकायका प्रमुखहरुले बताएका छन । जिल्ल्लाका १० नगरपालिका र ९ गाउँपालिकामा  कोरोना संक्रमित देखा परेका भएपनि अहिले सम्म लालबन्दी नगरपालिका एक जनामा पनि कोरोना संक्रमण देखा नपरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech