सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित रहेको रासायनिक मलको डिलरले चर्काे मुल्य लिएर रासायनिक मल बिक्रि गर्ने गरेको रहस्य फेला परेको छ।लालबन्दी नगरपालिका २ स्थित रहेको जग तारण दुध र मासु तथा कृषि उत्पादन कम्पनी लि.ले नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल चर्काे मुल्यमा किसानलाई बिक्रि गरेको रहस्य फेला परेको हो ।जग तारण देवी पासवान सञ्चालक रहेको उत्त संस्था स्थानीय राधेश्याम पासवानले सञ्चालन गरि रहेका र कृषि सामाग्री कम्पनी लि.शाखा सर्लाहीले युरिया आठ सय २६ रुपैया ५० पैसा र डिएपी दुई हजार दुई सय ७६ रुपैया ५० पैसामा डिलरहरुलाई वितरण गरेको रासायनिक मल युरिया रु एक हजार तीन सय र डिएपी रु दुई हजार नौ सय ५० मा बिक्रि गर्ने गरेको पाइएको हो ।
कृषि सामाग्री कम्पनी लि.मार्फत अनुदानमा वितरण हुने रासायनिक मलमा सम्बन्धीत पालिकाहरुले ढुवानी खर्च जोडेर मात्रै बिक्रि वितरण गर्न पाउने व्यवस्था रहेको भएपनि युरिया चार सय ७३ रुपैँया ५० पैसा र डिएपी छ सय ७३ रुपैँया ५० पैसा बढीमा बिक्रि गरेको भएपनि सम्बन्धी कृषि सामाग्री कम्पनी लि.शाखा कार्यालय नवलपुर सर्लाही र लालबन्दी नगरपालिका बेखबर देखिएको स्थानीय किसानहरु को गुनासो छ ।रु एक हजार तीन सयमा युरिया मल आफुले पनि किनेर ल्याएको र अनुदानको मल कालो बजारी नगर्न अनुरोध गर्दा राधेश्यामले आफुसंग झगडा गरेका स्थानीय किसानहरुले बताए।रु एक हजार एक सयमा युरिया मल पाउने भन्दै कुरा गर्दा अहिले छैन लाने भए एक हजार तीन सय लाग्द भनेपछि अनुदानको मलमा कालोबजारी भएको पाइएको उनीहरुले बताए ।
यता,सो विषयमा सोध्दा राधेश्यामले आफुले त्यस प्रकारको गतिविधि नगरेको दाबी गरे,भने लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले नगर कार्यपालिका मा रासायनिक मलमा कालो बजारी तथा चर्काे शुल्क लिएको पाइए डिलर नै खारेज गर्ने कार्य विधि नै बनेका कारण आफुहरुले सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कार्बाही गर्ने बताए । २० वटा पालिका रहेको सर्लाहीका दुई सय वडामा करिब दुई सय वटा डिलरहरु रहेका छन् । प्रभावकारी अनुमगन नहुँदा सर्लाहीमा अनुदानको मल कालोबाजरी भई रहेको स्रोतको दाबी छ ।