हरिवन १० का प्रसाईको गाडिएको अवस्थामा शव फेला

296 Shares

सर्लाहीको हरिवन नगरपालिका १० मा घाँटी काटि गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।हरिवन नगरपालिका १० स्थित उखु बारीमा घाँटी काटि गाडिएको अवस्थामा हरिवन नगरपालिका १० इनार टोलका अन्दाजी वर्ष ३९ का हरि प्रसाद प्रसाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पुस १५ गतेदेखि बेपत्ता रहेका इँटा व्यवसायी प्रसाईको शव शनिबार घर नजिकै उखु बारीमा घाँटी काटि गाडिएको अवस्थामा फेला परेको हो।बरहथवा नगरपालिका ९ मुर्तियाबाट पैसा लिएर आउँछु भनेर घरबाट निस्केका प्रसाई बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरी स्थानीयबासी,परिवार र प्रहरीले निरन्तर खोजी गर्दा जाँदा शनिबार उनको घर छेउको उखुबारीमा घाँटी काटि गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
बरामद गरिएको शवलाई प्रादेशिक अस्पताल मलंगावमा पोस्टमार्टम गरी परिवारजनले जिम्मा लिएका प्रहरीले जनाएको छ।घटनामा संलग्न भएको आशंकामा केही मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह लगायतका सुरक्षा अधिकारीहरुले घटनास्थलमा पुगि निरिक्षण समेत गरेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार