सर्लाही जिल्लाभर एक सय २७ स्थानमा दुर्गा पुजा गरिने सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयले बुधबार जिल्लाका पत्रकारहरु तथा सञ्चारकर्मीहरुसंग दशैँ,तिहार र छठको शुभकामना अदालन प्रदान कार्यक्रममा जिल्लाका विभिन्न स्थानहरुमा गरी एक सय २७ स्थानमा दुर्गा पुजा गरिने सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार शुभकामना अदान प्रदान कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले मातहतका ईकाईहरुसंग कार्य सम्पादन सम्झौता गरेको,५१ किलो मिटरको खुल्ला सीमा रहेको सर्लाहीको सीमा क्षेत्रमा ड्रग्स टेष्ट किड मार्फत एक सय पाँच जना सेवनकर्ताहरु नियन्त्रणमा लिएको छ ।
कार्यक्रमका अवसरमा सेवनकर्ताहरुको पहिचान भए पछि उनीहरुलाई व्यवस्थापन गर्न सेभ हाउसहरुको व्यवस्था नरहँदा समस्या सृजना भएको समेत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक पौडेलले बताए।लागु औषध सेवनकर्ताहरुको पहिचान मात्रै नभई खरिद गर्ने मानिसहरु तथा बिक्री वितरण गर्ने स्थानको पहिचान गर्ने काम समेत भएको छ ।
विगत पाँच महिनामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पाँच सय ५८ वटा विभिन्न किसिमका मुद्धाहरु दर्ता भएकामा तीन सय ३३ वटा मुद्धाहरु फछ्र्याेट भई सकेका समेत कार्यक्रमको अवसरमा कार्य प्रगति विवरण सार्वजनिक गरिउको थियो।जेठमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक पौडेल र प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतम सर्लाहीमा आएका र त्यसयताको सबै प्रगति विवरण सार्वजनिक गरिएको थियो ।