सर्लाहीमा लक डाउनलाई थप कडाई गर्ने भनेर साउन महिनैमा दोस्रो पटक पनि सुचना जारी भयो । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको सुचनाको बर्खीलाप गर्दै जिललाका विभिन्न बजारहरुमा मानविय भिडभाड त्यतिकै रहेको छ । प्रहरीको गस्ती देख्दा बन्द हुने व्यापार व्यावसायहरु प्रहरीको गस्ती फर्किएपछि पुन पहिलाकै अवस्थामा निर्वाध रुपमा सञ्चालन हुने गरेको पाइएको छ ।
सोमवारदेखि जिल्लाभर निषेधाज्ञा जारी भए पनि लालबन्दी नगरपालिका ७ मा र २ मा लाग्दै आएको तरकारी बजारमा भीडभाड उतिकै लागेको छ । व्यापारीहरु तरकारी खरिद गर्न पहिला झैँ बजारमै पुग्ने गरेका छन ।
जिल्ला प्रशासन कार्यालयले तरकारी बजार लगायतका बजारहरु बन्द गर्न निर्देशन दिएको भएपनि व्यापारी व्यावसायीहरुले प्रशासनको आग्रह र निर्देशन अटेर गरी बजार निर्वाध रुपमा लगाई रहेका छन ।
नजिकै प्रहरी चेक पोन्ट रहेको भएपनि प्रहरी र स्थानिय निकायको आग्रहलाई वेवास्था गर्दै तरकारी बजार समेत सञ्चालन आईरहेको देखिएको छ । जसका कारण विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिम दिनप्रतिदिन बढी रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।