विभिन्न मुद्दामा फरार दुई अभियुक्त सर्लाही प्रहरीको फन्दामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-८ गते   ५६ पटक हेरिएको

सर्लाही प्रहरीले विभिन्न मुद्धामा फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगृपालिका ६ का अन्दाजी वर्ष ४१ का संतोषराज उप्रेती र हरिवन नगरपालिका ८ का अन्दाजी वर्र्ष ४२ का कुल बहादुर कार्र्की रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रममुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो ।
उप्रेतीलाई जिल्ला अदालत सर्लाहीले सवारी ज्यान मुद्दामा १ महिना कैद र रु २ हजार नगद जरिवाना तथा कार्र्कीलाई जुवातास मुद्दामा रु ५ सय नगद जरिवाना तोकेको थियो । उनीहरू दुवैजनालाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । 
सर्लाहीमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख एकैपटक परिवर्तन भएपछि सर्लाही प्रहरी अपराध न्युनिकरणमा सर्लाही प्रहरी निकै आक्रामक रुपमा लागेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech