छैठौं लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

314 Shares

सर्लाहीको लालबन्दीमा माघ २३ गतेबाट सुरु भएको छैठौं लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।लालबन्दी नगरपालिका ११ हीरापुरस्थित जनता मा.विको खेल मैदानमा माघ २३ गतेदेखि सुरु भएको प्रतियोगितामा नगर भित्रका सामुदायिक र संस्थागत(नीजि) गरी २५ वटा विद्यालयहरुले सहभागीता जनाएका थिए ।
 २५ वटा विद्यालयका छ सय १६ जना विद्यार्थीहरुबिच भलिबल,कबड्डी,ज्याबलिङ थ्रो,सटपुट, हाइजम्प,लङजम्प र विभिन्न मिटरका दौडमा प्रतिस्पर्धा गराइएको आयोजक लालबन्दी नगरपालिका ११ का वडा अध्यक्ष दिपक लामाले बताए।उनका अनुसार १४ स्वर्णसहित लालबन्दी नगरपालिका ५ को एभरेष्ट आवासीय विद्यालय प्रथम भएको छ ।
त्यस्तै सात स्वर्णसहित लालबन्दी नगरपालिका २ जुटपानीको नवजीवन विद्याश्रम मा.वि. द्धितिय र लालबन्दी नगरपालिका ९ बस्तीपुरको आइडीएल को–एड एकेडेमी पाँच स्वर्णसहित तृतिय भएको छ ।प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने विद्यालय तथा विद्यार्थीहरुलाई लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको अध्यक्षता,प्रमुख प्रशासकीय वसन्त न्यौपाने,शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी लगायतको आतिथ्यतामा पुरस्कार वितरण गरिएको छैठौं लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजक लालबन्दी नगरपालिका ११ का वडा अध्यक्ष लामाले बताए ।लालबन्दी नगरपालिकाले नगर भित्रका विभिन्न वडाहरुमा हरेक वर्ष लालबन्दी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार