आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीका प्रायः सबै क्षेत्रमा हेभिवेट नेताहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विशेषतःक्षेत्र नं. १ मा यस अघिका निर्वाचनमा एक÷एक पटक निर्वाचित भएका नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का प्रमोद साह र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का राम प्रकाश चौधरी बीचको यो पटकको भिडन्तले चुनावी माहोल थप रोचक बनाएको छ । यस अघि निर्वाचनमा एक÷एक पटक निर्वाचित भएका यी नेताहरु २०८२ सम्म आई पुग्दा आफ्नो राजनीतिक विरासत जोगाउने दौड मै छन्।तर तीनै जना एक पटक मात्रै निर्वाचित भएका अहिले उम्मेदवार भएको भन्दा फरक पार्टीबाट (नेकपा(माओवादी)बाट श्रेष्ठ,राष्ट्रिय लोकतान्त्रीक पार्टीबाट साह तथा लोसपामा नेपाली कांग्रेसका साथ पाएका चौधरी यस पटक एक्ला एक्लै र फराक राजनीतिक धारबाट निर्वाचनमा होमिएका कारण आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर १ रोचक बनेको छ । आफ्नो पुरानो विरात फरक रहेपनि फरक ठाउँमा पुगि उम्मेदवारी दिएका यी तिनै जना नेताहरुलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नितिमा कार्की(भण्डारी)ले केही सवक सिकाउने स्थानीय बताउँछन्।राजनीतिक धरातल नभएपनि रास्वपाकी उम्मेदवार कार्कीको व्यत्तिगत र देशको पछिल्लो राजनीतिक वितृष्णाका कारण रास्वपाले जित्ने सम्भावना रहेको रास्वपाका नेताहरु बताउँछन्।राजनीतिक धरातल भन्दा बाहिर व्यापारीक धरातलबाट एकै पटक रास्वपाकी उम्मेदवार बनेकी कार्कीपनि अन्य दलहरुलाई मात खुवाउने गरी चुनावको तयारीमा लागेकी छन् ।अर्का नेकपा(एमाले)का नेता मनोज देवकोटा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।शालीन स्वभावका नेता देवकोटा यस अघि इश्वरपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।
त्यस्तै,सर्लाही क्षेत्र नं. २ मा पनि यस अघिका निर्वाचनमा निर्वाचित भएका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम पूर्व मन्त्री महिन्द्र राय यादव,राष्ट्रिय मुत्ती पार्टी नेपालका अध्यक्ष एवम पूर्व मन्त्री राजेन्द्र महत्तो फेरीपनि एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्दा टेष्टेड अनुहार नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादव पनि राम्रो सम्भावना बोकेर चुनावी मैदानमा उत्र्रिएका छन् ।
नेकपाका नेता यादव र राष्ट्रिय मुत्ती पार्टीका अध्यक्ष महत्तो यस पटक पहिलाको भन्दा फरक पार्टीबाट उम्मेदवार बन्दा नेपाली कांग्रेसका डा.यादव नेपाली कांग्रेसबाट उम्मेदवार बन्दा नयाँ अनुहार खोजि रहेका सर्लाही क्षेत्र नं.२ का मतदाताहरुले नयाँ अनुहार रुचाउँछन् की पुरानै अनुहारलाई दोहोर्याउँछन् भन्ने चासो सबैैमा बढेको छ ।
साथै,सर्लाही क्षेत्र नं. ३ मा पनि निवर्तमान गृह मन्त्री एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायण काजी श्रेष्ठ र निवर्तमान रक्षा मन्त्री एवम नेकपा(एमाले)का नेता हरि प्रसाद उप्रेती चुनावी मैदानमा आम्ने साम्ने हुँदा सोही क्षेत्रबाट यस अघि पराजित भएका रास्वपाका नेता नरेन्द्र साहपनि जित्ने जोडतोडका साथ चुनावी मैदानमा होमिएका छन्।श्रेष्ठ र उप्रेती आफ्नै पार्टीबाट उम्मेदवार बनेका भएपनि साह विभिन्न पार्टीहरु चाहार्दै अहिले रास्वपाबाट उम्मेदवार बन्न सफल भएका छन् ।
नेकपाका श्रेष्ठ र एमालेका उप्रेती आफ्नै पार्टीबाट उम्मेदवार बन्दा साह उम्मेदवारी कै लागि दल चाहार्दै रास्वपाबाट नयाँ अनुहार भन्दै देखिएका छन् ।यस अवस्थामा सर्लाही क्षेत्र नं.३ का मतदाताहरुले नयाँ अनुहार रुचाउँछन् की पुरानै अनुहारलाई दोहोर्याउँछन् भन्ने चासो सबैैमा बढेको छ ।
यता,पुर्व सांसद एवम नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा र विभिन्न पार्टी चाहार्दै हिड्ने पूर्व सांसद डा.अमरेश कुमार सिंह आम्ने साम्ने हुँदा अहिले सुरक्षाको हिसाबले संवेदनशील क्षेत्रको रुपमा सर्लाही क्षेत्र नम्बर ४ लाई हेरिएको छ।नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने भन्दै विशेष महाधिवेशन गरी सभापति भएका थापा र नेपाली कांग्रेसबाट टिकट नपाउने भएपछि रास्वपाबाट टिकट हत्याउन सफल भएका डा.सिंह आफुले कुनैपनि हालतमा जित्ने दाउमा चुनावी मैदानमा होकिएका छन्।अन्यन्त्रबाट चुनाव नजित्ने देखेपछि सर्लाही क्षेत्र नम्बर ४ लाई रोजेका सभापति थापा र रास्वपाका डा.सिंहविच सबै प्रकारको प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । डा.सिंहलाई सहयोग गरेका शिव पुजन यादव अहिले एमालेमा गएका छन् भने नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंह र नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह कुनैपनि हालतमा थापालाई चुनाव जिताएर छाड्ने अडानका साथ मैदानमा उत्रिएका छन्।जसका कारण पनि सर्लाही क्षेत्र नम्बर ४ लाई सुरक्षाको हिसाबले संवेदनशील क्षेत्रको रुपमा लिँदै सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारेको स्रोतको दाबी छ ।
नयाँ भन्दा पुरानाबाटै परिपक्व एजेन्डाको अपेक्षा गरिएको अवस्थामा अन्ततःसर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने राजनीतिसम्बन्धी जानकारहरूको आंकलन छ । नैतिकताको कसीमा उम्मेदवारहरुको निर्वाचन एजेन्डा कति नवीन र प्रभावकारी हुन्छन् भन्ने आम चासोको विषय बनेको छ ।कतिपयले पुरानै एजेन्डा दोहोर्याएर भोट फकाउन खोजिएको भन्दै आलोचना गरेका छन् ।