Close This

ईश्वरपुर नगरपालिका ४ मा धारिलो हतियार प्रयोग गरि एक जनाको हत्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२३ गते   ९० पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ४ मा धारिलो हतियारको प्रयोग गरि एक जनाको हत्या भएको छ । ईश्वरपुर नगरपालिका ४ सागरनाथ बस्दै आएका ३५ वर्षिय कृष्ण बहादुर स्याङ्बोको धारिलो चक्कु प्रयोग गरि हत्या भएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासले जनाएको छ ।
हत्याको अभियोगमा प्रहरीले सोही ठाउँमा बस्ने ५८ वर्षका दोर्जे स्याङ्तानलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो । प्रहरीले सो विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech