राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टीले यही एक नगरपालिकामा जीत हासिल गरेको छ ।
जिल्लाको गोडैता नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् । गोडैता नगरपालिकाको नगर प्रमुखमा लोसपाका देवेन्द्र कुमार यादव र उप प्रमुखमा लोसपा कै अन्जना कुशवाहाले जीत निकाल्नु भएको हो । ५ हजार २ सय ९४ मत सहित यादव नगरप्रमुखमा दोस्रोपटक निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत पाउनु भएको छ ।
त्यसैगरी उप प्रमुखमा पनि लोसपाकी अञ्जना कुशवाहा दोस्रोपटक निर्वाचित हुनु भएको हो । उहाँले ५ हजार ३ सय १ मत ल्याउँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामसखी देवीले ४ हजार ४ सय ९३ मत प्राप्त गर्नुभयो ।
यस्तै १२ वटा वडा रहेको गोडैता नगरपालिकाको वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का सोजित महतो ३ सय ८ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का अजय प्रसाद शाह १ हजार ११ मत, वडा नम्बर ३ मा लोसपाका विजय प्रसाद यादव ८ सय ७८ मत, वडा नम्बर ४ मा लोसपाका राजाराम शाह ३ सय ६४ मत, वडा नम्बर ५ मा लोसपाका प्रकास प्रसाद गुप्ता ८ सय ७३ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका सचिन्द्र महतो ५ सय ९७ मत, वडा नम्बर ७ मा लोसपाका विनेश कुमार दास ५ सय १७ मत, वडा नम्बर ८ मा नेकपा एमालेका मिरेन्द्र कुमार झा ४ सय १२ मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका दशै सहनी ३ सय ४७ मत, वडा नम्बर १० मा नेकपा एमालेका वैधनाथ मण्डल ४ सय ९८ मत, वडा नम्बर ११ मा नेकपा एमालेका विश्वनाथ पण्डित ५ सय ५९ मत र वडा नम्बर १२ मा लोसपाका केशव कुमार ७ सय ५८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।