प्रदेश २ का महिला, बालबालिका,यूवा तथा खेलकुद मन्त्री एवम सर्लाही क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य बिरेन्द्र प्रसाद सिंहले आफ्नै पार्टी र क्षेत्रका सांसद डा.अमरेश कुमार सिंहलाई कारवाही गर्न माग गर्नु भएको छ ।
चुनाव जितेर कहिलै क्षेत्र र जनतालाई भेट्न न आउने , जातिय हिंसा फैलाउन जाल झेल रच्ने र पार्टीका नेता कार्यकर्तालाई उल्झनमा पार्ने,विपक्षीसंग मिलेर पार्टीलाई कमजोर पार्न खोज्ने सिंहलाई पार्टीले कडा भन्दा कडा कारवाही नगरे आफु नेपाली काँगे्रसमा नरहने मन्त्री सिंहले चेतावनी दिनु भयो ।
उहाँले भने सिंह अपराधिक क्रियाकलापमा माहिर रहेका,सिंहकै कारण पार्टी मात्र नभई क्षेत्रका पुरै जनता नै आतंकित बनेका भन्दै पार्टीले उहाँलाई कारबाही नगरे सो क्षेत्रका सबै तहका पदाधिकारी लगायत सबैले सामूहिक रूपमा राजीनामा दिने पनि मन्त्री सिंहले बताउनु भयो । मन्त्री सिंहले पार्टीमा एउटा पनि गैर कांग्रेसी निकाल्न सांसद सिंहलाई चुनौती समेत दिनु भयो ।