Close This

दवंग असई साहको दवंग कार्य सुरु,सुधार हुँदै लालबन्दी बजारको ट्राफिक व्यवस्थापन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-७ गते   २५६ पटक हेरिएको

अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीमा ट्राफिक प्रहरी असई सुवोध कुमार साह आएपछि ट्राफिक नियम विपरित सञ्चालीत सवारी साधानहरुको  निदहराम भएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीले स्थानिय जनप्रतिनिधिहरु तथा स्थानिय व्यापारी व्यावसायीहरु र स्थानियबासीको सहकार्यमा लालबन्दी नगरपालिका क्षेत्रभित्रका बजारहरु तथा चोक चौताराहरुको फुटपाथ र  सडक अतिक्रमण गरेर सञ्चालीत व्यापार व्यासायीहरुलाई सचेतना जगाउँदै हटाउन आग्रह गरेको  हो । 
     अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीले नगर भित्रका सडकहरु अतिक्रमण गरेर संचालन भएका फुटपाथे पसल,कठघरा , टहरा र  जथाभावी रुपमा राखिएका  ठेलाहरुका साथै जथाभावी भएका सवारी पार्किङ्गलाई व्यावस्थापनको काम सुरु गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख असई सुवोध कुमार साहले बताउनु भयो ।
अव्यवस्थित व्यापार व्यावसाय र सडकहरु सँघुरो भएकाले ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना अन्तर्गत  जथाभावी हुने पार्किङ्ग, फुटपाथ अतिक्रमण, ट्राफिक नियम विपरित सञ्चालीत सवारी साधनको व्यावस्थापन लगायतका काम चरणवद्ध रुपमा सुरु गरेको असई साहले बताउनु भयो ।
 विभिन्न निकायको सहकार्यमा लालबन्दी नगरपालिकाको मुख्य बजार क्षेत्र लगायतका स्थानमा अतिक्रमण गरि संचालन भइरहेका फुटपाथ पसल तथा पार्किङ हटाउन चेतावनी दिईसकेको ट्राफिक प्रहरी लालबन्दीले जनाएको छ ।
नगरको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही बेशाख १ गतेदेखि नै उक्त अभियान संचालन गरिएको   अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख असई साहले जानकारी दिनु भयो । यसलाई तीन चरणमा विभाजन गरेर  काम सुरु गरेको उहाँको भनाई छ । 
पहिलो चरणमा त्यस्ता पसलका संचालकहरुलाई सम्झाइ बुझाइ गरिएको छ । दोस्रो चरणमा पसल कुनै नश्चित् ठाउँमा राख्न सुझाव दिने र अन्तिम अर्थात् तेस्रो चरणमा अटेरी गरेर बसेकाहरुलाई नियमानुसार कार्यवाही गर्ने असई साहले बताउनु भयो ।
   सडकको अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने उहाँको भनाई छ । ’सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने,सवारी दुर्घटना हुने र शहर कुरुप देखिने उहाँले बताउनु भयो । सडक फुटपाथ अतिक्रमण हटेसँगै जाम घट्ने विश्वास आफुहरुले लिएको असई साहको भनाई छ । भरखरै सरुवा भएर लालबन्दी आउनु भएका असई साहले आएलगतै आफ्नो कामलाई दवंग सैलीमा अगाडी बढाएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech