उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)नेपाल सरकारमा सामेल नभएपछि नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन जनाएको छ ।त्यस बाहेक जनमत पार्टी मधेस सरकारको नेतृत्वमा छ भने लोकतान्त्रिक समाजवादी पार्टी,जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमै छन् ।
यादव नेतृत्वको जसपा नेपालबाट अलग भएको अशोक राई नेतृत्वको जसपाले संघीय सरकारमा आफ्ना दुई जना र लुम्बिनी प्रदेश सरकारमा एक जना मन्त्री पठाएको छ ।रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमा एक जना मन्त्री पठाएको छ भने संघीय सरकारमा एक जना राज्यमन्त्री पठाएको छ।महन्थ ठाकुर नेतृत्वको लोसपाले मधेस प्रदेश सरकार र संघीय सरकारमा एक(एक जना मन्त्री पठाएको छ ।प्रतिनिधि सभामा दुई ठुला दल नेपाली कांग्रेस र एमालेमात्र मिलेको अवस्थामा पनि संघमा सरकार गठनका लागि प्रस्ट बहुमत पुग्छ।यसका बाबजुद मधेस केन्द्रित दल पनि सरकारमा समेटिएका छन् ।मधेस केन्द्रित दल सत्ताभन्दा बाहिर बस्नै सक्दैनन् भन्ने भाष्य नै बनिसकेको छ।यतिबेला संघ र प्रदेशमा गरी मधेस केन्द्रित सबैजसो दल सत्तामै छन्।तर यीनै मधेशी दलहरु समय समयमा विभिन्न किसिमका वाहना बाजी गरेर संघीय सरकार र प्रदेश सरकारलाई गालिगलौज गर्न बाहेक मधेशका जनतालाई निर्वाचनको समयमा देखाएका सपनाहरु चकनाचुर बनाउँदै कमिसनको खेलमा लागि रहेका जानकारहरु बताउँछन् ।
सत्ताका लागि पार्टी फुटाउने,एउटा मन्त्री पद पाउनका लागि जेसुकै गर्न तयार हुने भनेर मधेस केन्द्रित दलहरू बद्नाम रहेको टिप्पणी गर्दै मधेशका केही नेताहहरुले मधेस केन्द्रित दल अझै पनि संस्थागत हुन नसकेका बताउने गरेका छन् ।सत्ता र सरकार सबै दललाई चाहिएको भएपनि मधेसको राजनीति फरक रहेका कारण मधेस केन्द्रित दलहरुले सत्ताका लागि मरिहत्ते गर्न नहुने केही नेताहरुबताउने गर्छन्।आफ्नो दलले वर्तमान सरकारलाई समर्थन गरे पनि सत्तामा नरहेको जसपा नेपालका एक नेताले बताए।मधेसको मुद्दामा सरकारलाई समर्थन गरेको र कुरा नमिले समर्थन फिर्ता पनि लिन सक्छौँ ।उनलेभने ।जसपा नेपाल सरकारकै लागि विभाजन भएको मनिस सुमनले दाबी समेत गरे।उनले विगतमा जति पनि पार्टी विभाजन भए,सबैको मुख्य कारण सत्ता नै रहेको खुलाए।मन्त्री बन्न नपाएपछि कसैसँग मिलेर अफ््नै पार्टी विभाजन गरिदिने परिपाटी हालसम्म पनि देखिएको उनको भनाइ छ ।
कुन कुन मन्त्रालय पाए मधेस केन्द्रित दलले ?
२०६५ को मात्र कुरा गर्ने हो भने मधेसवादी दलहरूले सरकारको नेतृत्वबाहेक संघको अधिकांश मन्त्रालयको नेतृत्व गरेका छन्।मधेस केन्द्रित दलबाट तीन जना उपप्रधानमन्त्री भइसकेका छन्।हालसम्म विजय कुमार गच्छदार,उपेन्द्र यादव र राजेन्द्र महतो उप प्रधानमन्त्री भइसकेका छन्।मधेस केन्द्रित दलले विनाविभागीय मन्त्री बन्न पनि छाडेका छैनन्।राजलाल यादव र लक्ष्मण लाल कर्ण विनाविभागीय मन्त्री भइसकेका छन् ।सबैभन्दा शक्तिशाली मन्त्रालय गृह पनि मधेस केन्द्रित दलले सम्हालिसकेका छन्।सञ्चार मन्त्रालयको पनि तीन पटक नेतृत्व गरिसकेका छन्।
कृषि मन्त्रालय त आठ पटक नेतृत्व गरेको देखिन्छ।आपूर्ति मन्त्रालय तीन,उद्योग मन्त्रालय पाँच,भूमि व्यवस्था मन्त्रालय दुई र खानेपानी मन्त्रालय चार पटक मधेसवादी दलको तर्फबाट नेतृत्व भएको छ ।यस्तै,ऊर्जा मन्त्रालय दुई पटक र वन मन्त्रालयमा पाँच पटक मधेस केन्द्रित दलले नेतृत्व गरेको देखिन्छ।पहिलाको विज्ञान मन्त्रालय पनि मधेस केन्द्रित दलले दुई पटक सम्हालेका छन् ।युवा तथा खेलकुद तीन पटक,सिँचाइ मन्त्रालय दुई पटक,संघीय मामिला मन्त्रालय पाँच पटक, रक्षा मन्त्रालय चार पटक,पर्यटन मन्त्रालय पाँच पटक मधेस केन्द्रित दलले सम्हालेका छन्। महिला, बालबालिका मन्त्रालय पनि मधेस केन्द्रित दलले सात पटक सम्हालेका छन् ।
अहिले पनि महिला बालबालिका मन्त्रालयको नेतृत्व जसपाका नवल किशोर साह सुडीले गरिरहेका छन्।भौतिक मन्त्रालय सात पटक,शिक्षा मन्त्रालय छ पटक,स्वास्थ्य मन्त्रालय सात पटक,परराष्टू मन्त्रालय एक पटक,श्रम मन्त्रालय पाँच पटक मधेस केन्द्रित दलले सम्हालिसकेका छन्।अहिले पनि लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री छन् । मधेस केन्द्रित दलबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबाहेक अरु कोही परराष्ट्रमन्त्री भएका छैनन्।त्यस्तै तत्कालीन फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदार गृहमन्त्री भएका थिए ।त्यसपछि मधेस केन्द्रित दलबाट कोही पनि गृहमन्त्री भएका छैनन् ।
को कति पटक मन्त्री ?
२०६५ देखि हालसम्म ५० जनाभन्दा बढी नेता मन्त्री,राज्यमन्त्री भइसकेका छन्।यसमध्ये कोही पटकपटक मन्त्री भएका छन् भने कोही एकपटक मन्त्री भएका छन्।मधेस आन्दोलनपछि बनेको सरकारमा सबैभन्दा धेरै गच्छदार छ पटक) मन्त्री भएका छन्।उनी उपप्रधान तथा गृहमन्त्री पनि भए ।
अहिलेसम्म सबैभन्दा बढी मन्त्री बनेकोमा रेकर्ड बनाएका भण्डारी मधेस आन्दोलनपछि हालसम्म पाँच पटक मन्त्री बनेका छन् । महतो, महिन्द्रराय यादव र यादव चार पटक मन्त्री भएका छन् ।जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव तीन पटक मन्त्री भइसकेका छन्।दुई पटकसम्म प्रदीप यादव,नवलकिशोर साह,जेपी गुप्ता,रामबच्चन अहिर,सरोज यादव,दानबहादुर चौधरी,हृयेश त्रिपाठी,राजकिशोर यादव,अनिल झा,चन्दा चौधरी,लक्ष्मण लाल कर्ण र रेणु यादव मन्त्री बनेका छन् ।एक पटक मन्त्री तथा राज्यमन्त्री बन्ने अवसर पाउनेमा अहिलेका उपपराष्ट्रपति रामसहाय यादव, नन्दन दत्त,सुरिता साह, हरिनारायण यादव,ओमप्रकाश गुल्जार,विजय यादव,अकवाल अहमद छन् ।
त्यस्तै खोभारी राय,अब्दुल खान,रामचन्द्र कुशवाहा ,सर्वेन्द्रनाथ शुक्ला,गोविन्द चौधरी,सरिता गिरी,ईश्वर दयाल मिश्र,संजय साह,करिमा बेगम, कलावती देवी पासवान,बृजेश गुप्ता,काशीदेवी झा,सर्वदेव ओझा,अरविन्द साह,सत्रुसिंह कोइरी,रमणी राम,गणेश तिवारी, हेमराज तातैर, दुर्गादेवी महतो, राजलाल यादव,वकिल मुसलमान, लक्ष्मण मेहता,रामजनम तिवारी, मुस्ताक आलम, गोपाल दहित,जितेन्द्र देव,शत्रुधन प्रसाद सिंह कुशवाहा,जनकराज चौधरी, सुमित्रा थारुनी,यशोदा लामा, डा.सुरेन्द्र यादव र विमल श्रीवास्तवले पनि मन्त्री बन्न सफल भएका छन् ।
त्यसैगरी,उमाशंकर अरगरिया,एकवाल मियाँ, चन्द्रकान्त चौधरी,अब्दुल खान, अनिता यादव, रञ्जिता श्रेष्ठ, अशोक राई,प्रमिला यादव, अरुणकुमार चौधरी,हसिना खान पनि एक पटक मन्त्री बन्न सफल भएका छन् तर मधेशले मन्त्री बाहेक विकास र परिवर्तनको कुनै महसुस गर्नपाएन् ।