सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाईते

2.2k Shares

 सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सबारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । जिल्लाको लालबन्दी नगरपालिका–१७, रानीगंजमा दुईवटा मोटरसाईकलबीच ठक्कर खाँदा एक जनाको ज्यान गएको  प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना.२३ प १६६३ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा सोही दिशामा जाँदै गरेको प्रदेश न. १–०२–०४१ प ४४८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ४४८५ नम्बर मोटरसाईकलका चालक महोतरीको बर्दिबास नगरपालिका–१, किसनपुर निवासी १७ वर्षीय सरोज साहको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।
सोही मोटरसाईकलको पछाडि बसेका बर्र्दीबास नै निवासी १७ वर्र्षीय नविन साह घाईते भएका छन । त्यस्तै ठक्कर दिने ना.२३ प १६६३ नम्बरको मोटरसाईकलका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ निवासी ३५ वर्र्षीय दिनेश राय र सोही मोटरसाईकलमा पछाडी सवार ईश्वरपुर निवासी २६ वर्र्षीय कृष्ण यादव सामान्य घाईते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा राखेर आवश्यक कार्बाही प्रकृया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।
त्यस्तै मलंगवा नगरपालिका–१० मलंगवा–भेल्ही भित्री सडकखण्डमा आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिँदा चालक मलंगवा–९ निवासी २० वर्र्षीय अबधेश शर्मा र सोही ठाउँ निवासी २२ वर्र्षीय गौतम शर्मा गम्भिर घाईते भएका छन । भारतीय BR30Y 2213 नम्बरको मोटरसाईकल पल्टँदा गम्भिर घाईते दुवैजनालाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै बरहथवा नगरपालिका–७ स्थित बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको प्र.नं.२–०३–००४ प ४८८० नम्बरको स्कुटीले रोकी राखेको ना. ३७ प १९९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्कुटी चालक बरहथवा नगरपालिका–५ निवासी १८ वर्र्षीय अमित सिंह, ना. ३७ प १९९९ नम्बर मोटरसाईकलका चालक बरहथवा–५ निवासी २७ वर्र्षीय जय नारायण दास घाईते भएका ईलाका प्रहरी कार्यालय बरथवाले जनाएको छ । सामान्य घाईते सिंहको बरहथवा स्थित एडभान्स संजिवनी अस्पतालमा उपचार भईरहेको र दासलाई भने उपचारका लागि काठमाडौंतर्फ पठाईएको प्रहरीले जनाएको छ । 
त्यसैगरी हरिपुर्वा नगरपालिका–९, बसतपुर स्थित भित्री सडकखण्डमा श्रीनगरबाट हरिपुर्वातर्फ जाँदै गरेको भारतीय BR30E 3373  नम्बरको मोटरसाईकलले विपरित दिशाबाट आएको साईकललाई ठक्कर दिँदा साईकल चालक हरिपुर्वा नगरपालिका–७ निवासी ११ वर्र्षीय सन्तोष कुमार मण्डल तथा साईकल पछाडि सवार स्थानीय १२ वर्र्षीय अमरजित मण्डल घाईते भएका छन । मोटरसाईकल चालक हरिपूर्वा–९ निवासी २४ वर्र्षीय अनिल यादबको पनि दुबै हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते तिनै जनाको जनकपुर स्थित अन्नपूर्ण मेडिकलमा उपचार भई रहेको र मोटरसाईकल तथा साईकल नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार