सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकाैलमा एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हरिपूर्वा नगरपालिका ३, धनकौलका अन्दाजी १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको जस्ताे अवस्थामा शव फेला परेकाे हो ।
सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र फेला परेको स्थानियले बताएका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।
तर यस विषयमा प्रहरीले आधिकारिक जानकारी भने गराएकाे छैन ।