बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतना जगाउने उद्धेश्यले ट्राफिक सचेतना सप्ताह सुरु भएको छ।सडक सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले बुधबारदेखि “ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३” सुरु गरेको हो ।“सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनिकरण”भन्ने मूल नारासहित सुरु गरिने अभियानमा प्रभातफेरी लगायत सचेतनामुलक कार्यक्रम गरी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।उनका अनुसार नेपाल प्रहरी,ट्राफिक प्रहरी,यातायात व्यवसायीहरुका साथै सरोकारवालाहरुको विशेष सहभागीतामा हुने“ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३”ले सवारी दुर्घटना न्यूनिकरणका राथै ट्राफिक नियम उल्लंघनका घटनाहरु कम हुने अपेक्षा गरिएकोे छ ।
पछिल्लो समय बढ्दै गएको दुर्घटना नियन्त्रणका लागि प्रशासन,प्रहरी र सरोकारवाला निकाय बीच सहकार्य बढ्ने साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य रहेको र सप्ताह व्यापी अभियान अन्तर्गत विद्यालय,बजार क्षेत्र,टोल तथा समुदायमा पुगेर ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
त्यसैगरी चालक,सहचालक तथा यातायात व्यवसायीलाई सुरक्षित सवारी सञ्चालन,हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग,मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत विषयमा जानकारी गराइने कार्यालयले जनाएको छ ।ट्राफिक प्रहरीका अनुसार तीव्र गति,लापरवाहीपूर्वक सवारी सञ्चालन,ट्राफिक नियम उल्लंघन तथा चालकको असावधानीका कारण सवारी दुर्घटनाका हुने गरेका छन्।त्यसैले अब जनचेतनामूलक कार्यक्रमसँगै ट्राफिक नियम कार्यान्वयनलाई थप कडाइ गरिने उनले बताए ।सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणका लागि प्रशासनको सक्रियता सकारात्मक भएको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।