पुर्व पश्चीम राजामार्ग अन्र्तगत सर्लाहीको इश्वरपुर नगरपालिका ४ को दोस्रो लच्का नजिकै बस दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।जनकपुरबाट मलंगवा तर्फ आउदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भई पुर्व पश्चीम राजामार्ग अन्र्तगत सर्लाहीको इश्वरपुर नगरपालिका ४ को दोस्रो लच्का नजिकै दुर्घटना हुँदा १९ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते हुनेहरुमा धनुषाको हंशपुर नगरपालिका २ का अन्दाजी वर्ष २८ का उदित साह,क्षिरेश्वरनाथ नगरपालिका ५ की अन्दाजी वर्ष २७ की चन्दा देवी साह,धनुषाधाम नगरपालिका ८ का अन्दाजी वर्ष ४० का बिजय यादव,सबैला नगरपाकिला २ का अन्दाजी वर्ष ३८ का हरी शंकर साह,धनुषा मिथिला नगरपालिका १ की अन्दाजी वर्ष ३५ की मन्जु कुमारी महतो,अन्दाजी वर्ष १० का आशिष कुमार महतो र अन्दाजी वर्ष ५ का शुसन कुमार महतो घाईते भएका छन् ।
त्यस्तै,सर्लाहीको कविलासी नगरपालिका ८ का अन्दाजी वर्ष ६८ का राम पुकार मुखिया, अन्दाजी वर्ष २५ की सुमित्रा देवी महतो,मलंगवा नगरपालिका १२ की अन्दाजी वर्ष ४५ की जतारन महतो, अन्दाजी वर्ष ६५ की सखिया महतो,लालबन्दी नगरपालिका ५ की अन्दाजी वर्ष २४ की रेनुका गौतम,कविलासी नगरपालिका ३ की अन्दाजी वर्ष २३ की मुनिका कुमारी शर्मा, अन्दाजी वर्ष २४ का धिरज कुमार ठाकुर,हरिपुर नगरपाकिला ७ की अन्दाजी वर्ष ३० की बिर्जना सिंह र हरिपुर नगरपाकिला ९ की अन्दाजी वर्ष ४५ की रीता चौधरी घाईते भएका सर्लाही प्रहरीले जनाएको छ ।
त्यसैगरी,महोत्तरीको बर्दिबास नगरपालिका ७ की अन्दाजी वर्ष ३९ की कमला कुमारी महतो,अन्दाजी वर्ष १४ का आशिष कुमार महतो र बर्दिबास नगरपालिका १ की अन्दाजी वर्ष ४ की श्रीषा पोख्रेल बस दुर्घटना हुँदा घाईते भएका प्रहरीले जनाएको छ।उनीहरुको लालबन्दी मोडेल अस्पताल प्रा.लि, सर्लाही लाईफलाईन हेल्थ केयर प्रा.लि.नवलपुर र रिया पोलिक्लिनिक गोदार धनुषामा उपचार भई रहेको र सबै घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।