सर्लाहीको विभिन्न स्थानबाट जवरजस्ती करणी गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लाको इश्वरपुर,हरिवन र हरिपुर नगरपालिकाका गरी तीन जनालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।उनका अनुसार इश्वरपुर नगरपालिका १० का अन्दाजी ३५ वर्षे टेके सार्की रम्तेल,हरिवन नगरपालिका ८ का अन्दाजी २६ वर्षीय दिवाकर प्याकुरेल र हरिपुर नगरपालिका ७ चिताईनका अन्दाजी ४९ वर्षिय सिकिन्द्र चौधरीलाई जवरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
अन्दाजी १२ वर्षिय नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा इश्वरपुर नगरपालिका १० का रम्तेललाई ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले,अन्दाजी ११ वर्षिय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा हरिवन नगरपालिका ८ का प्याकुरेललाई ईलाका प्रहरी कार्यालय हरिवनले र अन्दाजी १२ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा चौधरीलाई ईलाका प्रहरी कार्यालय हरिपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले बताए ।
इश्वरपुर नगरपालिका १० का रम्तेलले नाबालिकालाई २०८० वैशाख ७ गते जवरजस्ती करणी गरेका भन्दै जेठ २४,हरिवन नगरपालिका ८ का प्याकुरेलले नाबालिकालाई २०८० कात्तिक ७ गते जवरजस्ती करणी गरेका भन्दै कात्तिक १६ गते र हरिपुर नगरपालिका ७ चिताईनका चौधरीले नाबालिकालाई २०८० असार १९ गते जवरजस्ती करणी गरेका भन्दै साउन २४ गते प्रहरीमा उजुरी दर्ता भएको थियो ।त्यस लगतै फरार रहेका आरोपितहरु तीनै जनालाई खोजतलास गर्दै जाँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी हरिपुर नगरपालिका ४ का अन्दाजी ३३ वर्षिय विक्रम कुमार चौधरीले अन्दाजी २८ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा परेको उजुरी जिल्ला अदालत सर्लाहीले मुल्तबीमा राख्ने फैसला गरेको अदालतका श्रेस्तेदार सजन अधिकारीले जानकारी दिए ।उनका अनुसार २०७८ कार्तिक १४ गते जवरजस्ती करणी गरेको भन्दै मंसिर ६ गते दायर भएको मुद्दा न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको हो ।