तीन नगरपालिकाद्वारा संयुक्त बारुण यन्त्र सञ्चालन गर्न सम्झौतामा

1k Shares

सर्लाहीको हरिवन नगरपालिकाको अग्नी नियन्त्रक अर्थात् दमकल संचालन गर्न बागमती नगरपालिका र इश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् । दमकल संचालनमा बागमती नगरपालिकाले वार्षिक रु ३ लाख र इश्वरपुर नगरपालिकाले पनि वार्षिक रु ३ लाख गरी दुइृ नगरपालिकाले रु ६ लाख व्यर्होने सहमती गरि तीन नगरपालिकावीच अग्नी नियन्त्रक अर्थात् दमकल संचालन गर्न सम्झौता भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा २६ मा व्यवस्था भए अनुसार छिमेकी स्थानिय निकायहरु बीच साझेदारी एवम संयुक्त व्यवस्थापनका क्षेत्रहरुको पहिचान गरी उपलब्ध स्रोत र साधनहरु साझेदारी सहयोगमा सञ्चालन गर्ने कार्य अन्तर्गत हरिवन नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ. ७१६ नम्बरको अग्नी नियन्त्रक अर्थात् दमकललाई आवश्यक परेको बखत बागमती नगरपालिका र इश्वरपुर नगरपालिकामा पनि परिचालन गर्ने व्यवस्थाका लागि तीन वटै नगरपालिका वीच सम्झौता भएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कलम)ले जानकारी दिनु भयो ।
हरिवन नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ ७१६ नम्बरको अग्नी नियन्त्रक अर्थात् दमकललाई हरिवन नगरपालिकामा राखी यसको परिचालनको लागी आवश्यक पर्ने जनशक्ति तथा अन्य उपकरणहरु व्यवस्थापन गरी सञ्चालन गर्ने,वारुणयन्त्र व्यवस्थापन र सञ्चालनको लागि लाग्ने खर्च मध्ये बागमती नगरपालिकाले वार्षीक रु ३ लाख र ईश्वरपुर नगरपालिकाले वार्षिक रु ३ लाख गरि रु ६ लाख व्यहोर्ने,हरिवन नगरपालिकाले वारुणयन्त्रलाई नियमित रुपमा मर्मत सम्भार कार्य गरी व्यवस्थित गरि राख्ने,बागमती र ईश्वरपुर नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागीजन्य घटना भएमा अविलम्ब उक्त क्षेत्रमा वारुणयन्त्र पुर्याई आगलागी नियन्त्रण कार्यमा सहयोग पुर्याउने लगायतका विषयहरु सम्झौता पत्रमा समेटी तीनवटै नगरपालिकाका नगर प्रमुखहरु र प्रमुख प्रशासकिय अधिकृतहरुको संयुक्त हस्ताक्षरमा सम्झौता गरिएको  इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताउनु भयो ।
यस अघि हरिवन नगरपालिकाको खर्चमा अग्नी नियन्त्रक अर्थात् दमकल चलाउनुपर्ने तर जहाँ आगलागी भएपनि नगरकै खर्चमा दौडाउनु पर्दा एउटै नगरपालिकालाई मात्रै आर्थिक भार पर्ने गरेको भएपनि अब तीन नगरपालिका विच संयुक्त रुपमा अग्नी नियन्त्रक अर्थात् दमकल सञ्चालन गर्ने सहमती पछि अग्नी नियन्त्रक अर्थात् दमकल सञ्चालन गर्न सहज हुने हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले बताउनु भयो ।

सम्बन्धित समाचार