चन्द्रनगर ७ नाडिमनमा भोलि(शनिबार) एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

187 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन ताल परिसरमा चन्द्रनगर गाउँपालिकाको सहयोग तथा श्री मध्य पूर्वी पृतना हेडक्वाटर बर्दिवास,श्री नम्बर ९ बाहिनी अड्डा,श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक नवलपुरको आयोजना तथा फिल्ड अस्पताल बर्दिवास,लालबन्दी नगर अस्पताल,सर्लाही ईमेजिनङ एण्ड डाईगोनोस्टिक सेन्टर लालबन्दी र सत्यनाम हेल्थ केयर सेन्टर नवलपुरको सहकार्यमा भोली(शनिबार) एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
उनका अनुसार शनिबार(भोली) एक दिने निःशुल्क स्वास्थ्य शिविर चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन ताल परिसरमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुन लागेको हो ।शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा,बाल रोग विशेषज्ञ सेवा,मनोचिकित्सक विशेषज्ञ सेवा,दन्त रोग विशेषज्ञ सेवा,जेनेरल वहिरंग सेवा र भिडियो एक्सरे सेवा प्रदान गरिने चन्द्रनगर गाउँपालिकाको कार्यालयले जनाएको छ ।एक दिने निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन चन्द्रनगर गाउँपालिकाबासी बासीमा चन्द्रनगर गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार