सुरक्षाकर्मीहरुलाई ट्राफिक सचेतनामूलक सन्देश प्रवाह

172 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प तथा अन्य सुरक्षा निकायका युनिटहरूमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।सवारी दुर्घटना न्यूनीकरण,ट्राफिक नियमको पालना,सुरक्षित यात्रा तथा जिम्मेवार सडक प्रयोग सम्बन्धी जानकारी सहित सुरक्षा निकायका कर्मचारीहरूलाई ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्धेश्यले ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झलक पौडेल शर्माले जानकारी दिए । 
उनका अनुसार“ट्राफिक नियमको पालना गरौँ,सुरक्षित यात्रा गरौँ”भन्ने मूल सन्देशका साथ सुरक्षाकर्मीहरुका लागि पनि ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो ।केही दिन पहिला मात्रै सर्लाही ट्राफिक प्रमुखको रुपमा आएका प्रहरी निरीक्षक शर्माले सर्लाहीमा ट्राफिक व्यवस्थापनको काम सुरु गरि सकेका छन् ।

सम्बन्धित समाचार