सीमा स्तम्भहरुको मर्मत सम्भार तथा रङ्ग रोगन सुरु,करिब पाँच सय स्तम्भ हराए

336 Shares

नेपाल–भारत सीमा क्षेत्रअन्र्तगत सर्लाही खण्डका सीमा स्तम्भहरुको मर्मत सम्भार तथा रङ्ग रोगन सुरु भएको छ । सर्लाहीको पुर्वी महोत्तरीको सिमाना हर्दी खोालदेखि पश्चीम रौतहटको सिमाना स्थित बागमती पुल सम्मको ५१ किलो मिटरको दुरीमा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भार तथा रङ्ग रोगन सुरु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा।गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालले जानकारी दिए । 
उनका अनुसार कौडेना गाउँपालिका ७ शिवनगर र भारततर्फको सितामढी जिल्लाको खोप्राहा खाप गाउँपालिकाको ६ नम्बर वडाको दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रङ्ग रोगनको काम सुरु भएको हो ।जिल्ला स्तरीय सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सीमा स्तम्भहरु मर्मत सम्भार तथा रङ्ग रोगनको काम सुरु भएको हो ।
सीमा स्तम्भहरुको मर्मत सम्भार तथा रङ्ग रोगनको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठ,भूमि सुधार तथा नापी विभागका नापी अधिकृत कपिल कटवाल,सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक धन बहादुर राना मगर र कौडेना गाउँपालिका ७ का अध्यक्ष विजय कुमार राय यादव लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी,भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ५१ बटालियन “सी”कम्पनी कनौलीका एसआई उत्तम चन्द्र कुन्हालको नेतृत्वमा पाँच जनाको टोली पनि कार्यक्रममा सहभागी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा।गण सर्लाहीले जनाएको छ ।सीमा स्तम्भ मर्मत तथा रङ्ग रोगन कार्यलाई सीमा क्षेत्रमा आपसी समन्वय र सहकार्यको प्रतीकका रूपमा हेरिने भएकाले दुवै देशका सुरक्षा अधिकारीहरुले संयुक्त रुपमा सीमा स्तम्भहरुको मर्मत सम्भार तथा रङ्ग रोगन सुरु गरिएको जिल्ला स्तरीय सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।उनले सीमा व्यवस्थापन र सीमा क्षेत्रको सुरक्षा बलियो बनाउने उद्देश्यका साथ यो कार्य अघि बढाइएको बताए।यस कार्यले नेपाल–भारत सीमाको व्यवस्थापनलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला स्तरीय सुरक्षा समिति सर्लाहीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
यता,मधेश प्रदेशका आठ जिल्लामा चार सय ६४ किलो मिटरको दुरीमा कुल चार हजार २७ वटा सीमा स्तम्भ रहेकामा चार सय ९३ वटा सीमा स्तम्भहरु हराएका सुरक्षा अधिकारीहरुले बताएका छन् ।मधेश प्रदेशको पुर्वको सप्तरी देखि पश्चीमको पर्सा सम्मको आठ जिल्लाको चार सय ६४ किलो मिटरमा दुई सय २७ वटा मुख्य स्तम्भहरु,पाँच सय ८४ वटा सहायक सतम्भहरु तीन हजार दुई सय चार वटा साना स्तम्भहरु,१२ वटा रिफ्रेन्स स्तम्भहरु रहेका सुरक्षा निकायहरुका तथ्यांकहरुले देखाएको छ ।विशेषत सीमा क्षेत्रको सुरक्षा गर्ने प्रमुख दायित्व र जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालको रहने र सोही अनुसार हरेक ३/४ किलो मिटरको दुरीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) र प्रस्तावित सिमा सुरक्षा गुल्महरु रहेका भएपनि सीमा स्तम्भहरुको संरक्षण गर्ने सवालमा सरोकारवाला निकाय सुस्त देखिएको छ ।

सम्बन्धित समाचार