Close This

नेपालमा संक्रमितको संख्या ४ सय ५३

पत्र पत्रिका    प्रकाशित: २०७७-२-८ गते   २७२ पटक हेरिएको

बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भएको  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३  पुगेको छ।

बिहीबार काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । निको हुनेको संख्या ४९ पुगेको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech