सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित भेल्ही चोकबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भन्सार छलीको कपडा सहित एउटा अटोलाई नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा क्षेत्रबाट अवैध तरिकाले भन्सार छली लुकाई छिपाई प्र.२–०२–००१ ह ००८३ नम्बरको अटोमा ल्याउँदै गरेको करिब रु पाँच लाख भन्दा बढीको विभिन्न किसिमका कपडा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाको टोलीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) त्रिभुवननगर क्षेत्रको नाकाबाट रेवन थान कपडा,कुर्था सुरुवाल,कुर्था सेट र बच्चाको कपडा गरी रु पाँच लाख १० हजार चार सय २० बराबरको भन्सार छलीको कपडा सहित अटो नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
भारतबाट अवध तरिकाले कपडा नेपालतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारीको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको कपडा कसकाे हने भन्ने एकीन भएको छैन ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) त्रिभुवननगरका बिओपीपति एवम सशस्त्र प्रहरी निरीक्षक नारायण अधिकारी बाहेक सेटै परिवर्तन गरिएको भएपनि उनै बिओपीपति अधिकारीको सम्पर्कका पवन बस्त्रालयका सञ्चालकले उत्त कपडा भन्सार छली लुकाई छिपाई नेपाल तर्फ ल्याएका सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।