स्थानियको कुटाईबाट एक गंभिर घाइते ,पिडक चारै जना फरार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-३ गते   २१७३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगपालिका १ मा स्थानियको कुटपिटबाट १ जना गंभिर घाईते भएका छन् । लालबन्दी नगरपालिका १ नवलपुरका एक स्थानिय राम एकवाल महतो स्थानिय ४ जनाको कुटाईबाट गंभिर घाईते भएका छन् ।
स्थानिय छिमेकी रामकेवल महतो,मिना महतो,हरी महतो र हरिचन्द्र महतोको कुटाईबाट घाइते भएका रामएकवालको टाउँको तथा शरिरका विभिन्न भागमा चोट लाग्नुका साथै एउटा खुट्टो भाँचिएको उनका ज्वाई लालबाबु महतोले जानकारी दिनु भयो । महतोका अनुसार उनिहरु विच जग्गा विवादका कारण खेतमा लगाएकोउखु काट्ने विषयमा सामान्य भनाभन हुँदा रामकेवल महतो,मिना महतो,हरी महतो र हरिचन्द्र महतोले अचानक कुटपिट गर्दा रामएकवाल गंभिर घाइते भएका हुन ।
जग्गाको विवाद जारी रहेको र अदालतले सो जग्गामा लगाएको उखु विवाद समाधना नहुँदा सम्म नकाट्न भन्दै आदेश जारी भएको समयमा रामकेवल उखु काट्न गएका र सोही समयमा आफ्नो खेतमा पुगेका रामकवाल माथी चारै जनाले निर्धाट कुटपिट गरेको पीडितका परिवार जनाले बताएका छन् । फागुन २९ गते साँझ भएको कुटपिटको घटनाको विषयमा करिब एक साता पुग्नै लाग्दा पनि प्रहरी मौन देखिएको छ ।
रामएकवालको शरिरभरी निल डाम रहेको र उनि अस्पतालमा उपचारत अवस्थामा रहेको भएपनि रामकेवल सहित चारै जना प्रहरीको आश्रयमा रहेको समयमा पनि प्रहरीले नियन्त्रणमा नलिनु,सो विषयलाई विभिन्न पार्टीहरुबाट प्रहरीलाई दवाव दिनु लगायतका कारण प्रहरी र पिडक विच मिलेमतो रहेको पीडित परिवारजनाको आरोप छ ।
यता,रामकेवललले आफु आफ्नै खेतमा उखु काट्न गएको समयमा रामएकवाल आएर आफुमाथी अचानक झगडा गर्न थालेपछि हातहालाहाल भएको बताएका छन् । यो घटना फागुन २९ गतेको हो ।तर यस विषयमा जिल्ला प्रहरी कार्यालय मौन रहेको छ । घाईते राएकवालको लालबन्दीको मोडल अस्पतालको आईसियु कक्षमा उपचार भई रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech