Close This

सुन्दर नगरको अभियान सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१७ गते   ५६० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले  नगरको सरसफाई तथा सुन्दरताका लागि अभियान सुरु गरेको छ ।स्वच्छ सहर,स्वास्थ्य नगरबासी,सुन्दर सहर निर्माण लागि अभियान सुरु गरिएको लालबन्दी नगरपालिका  वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरप्रवत्तःा राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।उहाँका अनुसार सडकको छेउछाउमा राखिउका निर्माण सामाग्री लगायत किराना तथा फलफुल पसलहरुको व्यावस्थाका साथै प्लाष्टिक मुक्त नगर बनाउने अभियान सुरु भएको हो ।
अभियानले नगरका विभिन्न स्थानको परिक्रमा गर्नुको साथै जनचेतनामुलक सन्देश सहित स्थानिय व्यापारी व्यावसायीहरुसंग आग्ह समेत गरेकोछ । जनप्रतिनिधीहरुका साथै नगरबासीले सहरको परिक्रमा गरि मरिण चोकमा पुगेर अभियानको र्र्याली फर्किएको लालबन्दी  नगरपालिकाका प्राविधिक कर्माचारी कोमलहरी गौतमले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech