सर्लाहीको कविलासि नगरपालिकामा विभिन्न १३ बुँदे माग राख्दै जनता समाजवादी पार्टी नेपालले ज्ञापन पत्र बुझाएको छ।कविलासि नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव रायलाई जनता समाजवादी पार्टी(जसपा)नेपालले विभिन्न विषयमा आफ्नो आपत्ति सहित ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टी(जसपा)नेपाल कविलासीका अध्यक्ष रामसिंहासन पटेलले जानकारी दिए ।
उनका अनुसार ज्ञापन पत्रमा सेवा प्रवाहमा देखिएको ढिलासुस्ती अन्त्य गर्न,नगरभित्र कार्यरत शिक्षक लगायत सम्पूर्ण कर्मचारीहरुको पारिश्रमिक एवम तलब,भत्ता समयमै उपलब्ध गराउन, सार्वजनिक जमिनको अतिक्रमण र पानीको मुहान थुनिएको समस्या समाधान गर्न माग गरिएको छ ।
यस्तै कविलासि नगरपालिकाका विभिन्न वडामा देखिएको सडक अतिक्रमण बन्द गराइ नाला निर्माण गर्न,किसानहरुले भोग्दै आएको क्षति कम गर्न जमुनिया,बिरनगरा र मदनपुरको सिमामा अलपत्र अवस्थामा छाडिएको नहरको उचित व्यवस्थापन गर्न र विगतमा सम्पन्न भइसकेका योजनाको अभिलम्ब भुक्तानी गर्न भन्दे आफुहरुले नगर प्रमुख रायलाई ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टी(जसपा)नेपाल कविलासीका अध्यक्ष पटेलले बताए ।
जसपा नेपालका नेताहरु नगरपालिका कार्यालयमा पुगेर मेयर रायलाई बुझाएको
आफुहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेखित १३ बुँदे माग अभिलम्ब सम्वोधन नभए कठोर कदम चाल्न बाध्य हुने जनता समाजवादी पार्टी(जसपा)नेपाल कविलासीका अध्यक्ष पटेलले अस्ताक्षरगरी बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
२० वटा पालिका रहेको सर्लाहीमा कविलासी नगरपालिकाले यो आर्थिक वर्ष सुरु भएदेखि बजेट संचालन गर्न सकेको छैन् ।कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा खाता संचालन नभएका कारण कविलासि नगरपालिकाका विभिन्न विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरले दशैँमा तलब,भत्ता समेत खान नपाएका कविलासि नगरपालिकाका सूचना अधिकारी जयविर यादवले जानकारी दिए ।कविलासि नगरपालिकामा आन्तरित राजनितिक कारण चालु आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम पारित भएपनि खाता सञ्चालन हुन बाँकी रहेको छ ।