Close This

नेत्रहिन संघ सर्लाहीमा चन्देश्वर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-८ गते   ४०२ पटक हेरिएको

नेत्रहिन संघ सर्लाहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका ९ मा भएको कार्यक्रममा चन्देश्वर महत्तोको अध्यक्षतामा ९ कार्य समिति गठन गर्दै प्रथम अधिवेशन सम्पन्न भएको आयोजकले बताएको छ ।
महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रहिन संघ प्रदेश नम्बर २ का अध्यक्ष विरेन्द्र महत्तोले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो । शनिबार सम्पन्न भएको प्रथम अधिवेशनबाट रविन्द्र कुमार महत्तो सचिव,ईन्दीरा राई कोषाअध्यक्ष,लक्ष्मेश्वर महत्तो उप अध्यक्ष र बुद्ध कुमारी बुढाथोकी सह सचिवचएन हुनु भएको अध्यक्ष महत्तोले जानकारी दिनु भयो ।
९ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमत चयन गरिएको  नेत्रहिन संघ सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech