चोरीको मोटरसाईकल सहित सर्लाहीका ४ जना युवा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-१२ गते   ४३९ पटक हेरिएको

सर्लाहीका ४ जना युवा मोटरसाईकल चोरीको आरोपमा काठमाण्डौँबाट पक्राउ परेका छन् ।सर्लाहीमा ४ जना युवाहरु चोरीको मोटरसाइृकल सहित काठमाण्डौँबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।मलंगवा नगरपालिका १ का अन्दाजी १९ वर्षीय सुमित कुमार यादव,हरिवन नगरपालिका १० का अन्दाजी ३१ वर्षीय ध्रुव प्रसाईं,बागमती नगरपालिका ३ का अन्दाजी २७ वर्षीय सुदीप स्याङ्तान र बागमती नगरपालिका ५ का अन्दाजी २४ वर्षीय अजय मोक्तान मोटरसाइकलसहित पक्राउ परेका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनीहरुलाई बिहीबार ललितपुरको कान्ति लोकपथ सडकखण्डबाट जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो।प्रहरीले उनीहरुको साथबाट ३ वटा चोरीको मोटरसाइकल बरामद गरेको जनाएको छ ।उनीहरुले मोटरसाईकल गौशाला क्षेत्रबाट चोरी गरेको पाईएको प्रहरीले जनाएको छ।पक्राउ परेका ४  जना युवाहरुलाई आवश्यक कारवाहीको लागि गौशाला प्रहरी वृत्त पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech