ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार भन्दा बढी सवारीसाधन कार्वाहीमा

582 Shares

ट्राफिक प्रहरी कार्यलय सर्लाहीले २ महिनाको अवधिमा ट्राफिक नियम उल्लघंन गर्ने ६ हजार ६ सय सवारीसाधन कारवाही गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन र भदौ गरी २ महिनाको अवधिमा ट्राफिक नियम उल्लघंन गर्ने ६ हजार ६ सय सवारीसाधन कारवाही गर्दा रु ४८ लाख ३९ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी  प्रमुख प्रहरी निरिक्षक मदन  थापाले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी साधन चलाउनेको संख्या बढ्न थालेपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैयाले चेकजाँचमा कडाइ गर्नुका साथै कार्बाहीको राजश्व बैकिङ्ग प्राणलीबाट लिन सुरु गरेको छ ।  दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरीको भनाई छ ।
प्रहरी निरिक्षक थापाका अनुसार साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने  ३ हजार १सय र भदौमा ३ हजार ५ सय वटा सवारी साधनहरु कार्वाहीमा परेका हुन् ।सवारी दुर्घटनालाई न्युनीकरण गर्न र ट्राफिक नियम पालना गरेर मात्रै सवारी चलाउन सन्देश दिने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
त्यस्तै ट्राफिक नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी मोटरसाईकल सवारी साधनहरु रहेको छ । २ महिनाको अवधिमा सवारी दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने सोही सङ्ख्यामा गंभिर घाईते भएका र सामान्य घाईतेको सङ्ख्या १६७ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार