प्रतिबन्धित लागु औषध सहित एक युवक पक्राउ

2.4k Shares

सर्लाहीको मलंगवावाट प्रतिबन्धित लागु औषध सहित एक युवक पक्राउ परेका छन । मलंगवा नगरपालिका ९ बाट प्रतिबन्धित लागु औषध वालरेक्स र नाईट्रोभेट टयाबलेट सहित युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाले जनाएको छ ।
मलंगवा नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष २५ का अर्जुन यादवले प्रतिबन्धित लागु औषध वालरेक्स २५ थान र नाईट्रोभेट टयाबलेट ७५ पिस लिएर आउँदै गर्दा पक्राउ परेका हुन । सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाले गस्ती गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा यादवलाई  पक्राउ गरी जिल्ला प्रहरी कार्यलयलाई बुझाएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।
 सिमा क्षेत्रहरुमा प्रहरीको निगरानी भएपनि खुल्ला सिमानाका कारण काम गर्ने किसानको भेषमा प्रहरीलाई छलेर लागुऔषध ओसार पसार हुने गरेको सशस्त्र प्रहरी निरीक्षक संजित सिंहले बताउनु भयो ।

सम्बन्धित समाचार