२५८ औँ ऐतिहासिक सिन्धुलीगढी बिजय उत्सव कार्तिक २४ मा

431 Shares

सिन्धुलीको कमलामाई नगरपालिकाले २५८ औँ ऐतिहासिक सिन्धुलीगढी बिजय उत्सव कात्तिक २४ गते मनाउँने भएको छ।कात्तिक २४ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको प्रमुख आतिथ्यतामा २५८ औँ ऐतिहासिक सिन्धुलीगढी बिजय उत्सव कात्तिक २४ गते मनाउँन लागिएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले २०६७ सालदेखि मनाउन सुरु गरेको विजय उत्सव स्थानीय तह कायम भएपछि कमलामाई नगरपालिकाले निरन्तर रुपमा मनाउदै आएको छ । सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले वि.सं.१८२४ मा पराजित गरेको थियो । सोहि दिनको सम्झनामा वर्षेनी सिन्धुलीगढी विजय उत्सव मनाईदै आईएको छ । 

सम्बन्धित समाचार