मलंगवा ४ मा निर्माणाधिन अवस्थामा रहेको जेष्ठ नागरिक आवाश गृह अलपत्र

2.4k Shares

सर्लाहीको मलंगवा नगरपालिका ४ मा निर्माणाधिन अवस्थामा रहेको जेष्ठ नागरिक आवाश गृह अलपत्र परेको छ । संघिय सरकारको रु १ करोड २५ लाखको लागत अनुमानमा निर्माण शुरु भएको जेष्ठ नागरिक आवाश गृह बजेट अभाव,कोरोना माहामारी र वर्षाको बाहना बनाउँदै निर्माण कार्य विचैमा छोडेर ठेकेदार सम्पर्क बिहिन भएपछि अलपत्र परेको हो ।

संघिय सरकारको लगानीमा शहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा रुपा कन्ट्रक्सन प्रा।लि जनकपुरले निर्माणको लागि ठेक्का सकारेको थियो । १४ कोठे भवन,शौचालय तथा मेश घर समेत निर्माण गर्ने भनि ठेक्का लिएको ठेकेदार कम्पनीले वीचैमा काम छोडेर हिडेपछि आवाश गृह निर्माणको काम अलपत्र परेको छ ।

स्थानिय जेष्ठ नागरिकहरुलाई धेरै राहत पुग्ने थियो तर समय छ समय छ भन्दै ठेकेदारले काममा ढिला गरेको स्थानिय शिव शंकर यादवले बताए । बजेट अभावका कारण निर्माण कार्य सम्पन्न नभएको र नगरपालिकाले पहल गरेर रु ४०÷४५ लाख बजेट व्यावस्था गरेको साथै बजेट व्यावस्थापनका लागि पहल भई रहेको मलंगवा नगरपालिका ४ का वडा अध्यक्ष रविन्द्र रायले बताउनु भयो ।

असार मसान्त सम्ममा काम सक्नु पर्ने भनि ठेक्का लागेको भएपनि संघिय सरकारले आवश्यक बजेटको व्यावस्था नगरेका कारण मलंगवा नगरपालिका ४ मा निर्माणाधिन अवस्थामा रहेको जेष्ठ नागरिक आवाश गृहको निर्माण कार्य सम्पन्न नभएको शहरी विकास तथा भवन कार्यालय जनकपुरका डि।इं विनोद कुमार यादवले बताउनु भयो ।

भवनको बाहिरी संरचना निर्माण अन्तीम चरणमा भएपनि प्लाष्टर गर्ने काम, झ्याल ढोका लगाउने र वरिपरी कम्पाण्डवाल लगाउने  लगायतका भित्रि धेरैकाम बाँकी रहेको छ । नजिकै पोखरी रहेको र भवनको वरिपरी कम्पाण्ड वाल समेत निर्माण नहुँदा भवन निर्माण सम्पन्न भएपनि जोखिम पुर्ण रहेको स्थानिय कृष्ण महतोको भनाई छ ।

यता, कोरोना महामारी,वर्षाको समय र संघिय सरकारले आवश्यक बजेटको व्यावस्था नगरेको साथै म्याद थप नगरेका कारण जेष्ठनागरिक आवाश गृह समयमै निर्माण सम्पन्न नभएको  ठेकेदार कम्पनीले बताएको छ । यस सहित सर्लाहीमा ५ वटा जेष्ठ नागरिक आवाश गृहका लागि संघिय सरकारले लगानी गरेको थियो । त्यस मध्य केही निर्माणाधिन अवस्थामा छन् भने केही भवनहरुको निर्माण कार्य सम्पन्न भई सकेको शहरी विकास तथा भवन कार्यालय जनकपुरले जनाएको छ ।

सम्बन्धित समाचार