हरिपुर्वा नगरपालिका अब आफ्नै भवनबाट

185 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिकाको प्रशासनिक भवन निर्माण भई उद्धघाटन गरिएको आज छ।हरिपुर्वा नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको परिसरमा निर्माण गरिएको दुई तले प्रशासनिक भवनको नगर प्रमुख विनोद कुमार साह तेली,उप प्रमुख सुमित्रादेवी ग्वारनी र प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
विगत लामो समयदेखि पुरानो र जिर्ण भवनबाट सेवा प्रवाह गरि रहँदा सेवाग्राही र सेवा प्रदायक दुवैलाई सास्ती भएको अवस्थमा नगरपालिकाको आफ्नै भवन निर्माण भएपछि सेवाग्राहीहरु र सेवाप्रदायकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
देश संघीयतामा गएदेखि हाल सम्मपनि करिब एक दशकदेखि साँघुरो र जिर्ण भाडाको घरबाट हरिपुर्वा नगरपालिकाको कार्यालय संचालन भईरहेको थियो । नगरपालिकाले आफ्नै बजेट रु एक करोड ५१ लाख खर्चिएर दुई तले १० कोठे प्रशासनिक भवन निर्माण गरेको नगर प्रमुख साहले बताए ।
उनका अनुसार नवनिर्मिति प्रशासनिक भवनमा सभाहल,पार्किङ लगायतका संरचना निर्माण गर्न चालु आर्थिक वर्ष २०८३÷०८४ मा रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।नगर प्रमुख साहले निर्वाचनका बेला गरेको वाचा अनुसार नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न सफल भएको बताए।प्रमुख जिल्ला अधिकारी सुवेदी,प्रमुख प्रशासकीय अधिकृत जगदीश अर्याल लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरुको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार