Close This

राजपाको घरमा सर्लाही कांग्रेसको गुटको कार्यक्रम,मन्त्री सिंहको कार्यक्रम अलगै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-८ गते   २००५ पटक हेरिएको

सर्लाहीमा नेपाली कांग्रेसले एकै समयमा फरक फरक कार्यक्रम गरेको छ । बसबरीया गाउँपालिका ३ मा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उप सभापतिको नेतृत्वमा  प्रदेश न २ का महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिह,क्षेत्रीय सभापति रामआश्रय साह लगायतको उपस्थिीमा कार्यक्रम गरिएको थियोभने  सांसद अमरेश कुमार सिंहको नेतृत्वमा सोही वडामा अर्का कार्यक्रम गरिएको थियो । 
पार्टीले मन्त्री सिंह सहभागी भएको कार्यक्रमको तय गरेको भएपनि उक्त कार्यक्रममा सहभागी नहुने केही सिमित मानिसहरुको उपस्थितीमा अर्का कार्यक्रम गरिएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामआश्रय साहले बताउनुभयो । उहाँका अनुसार सांसद अमरेश कुमार सिंहको नेतृत्वमा बसबरीया गाउँपालिका ३ मै एक राजपाका नेताको घरमा कार्यक्रम गरिएको हो ।  
सर्लाही जिल्ला निर्वाचन क्षेत्र४९क०बाट प्रदेश सभा सदस्य हुनु भई केही दिन पहिला प्रदेश न २ का महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री बन्नु भएका बिरेन्द्र प्रसाद सिहलाई बधाई तथा सम्मानका साथै  अगुवा कार्यकर्ता भेला कार्यक्रमको तय गरिएको भएपनि नेपाली कांग्रेसलाई कमजोर पार्ने गरि प्रतिनिधि सभाका सदस्य सिंहले गुटको राजनिती गरेको कार्यक्रममा सहभागी नेताहरुले बताएका छन् ।
बरबरिया गाउँपालिका ३ का वडा अध्यक्ष तथा पार्टी वडा सभापति नन्दलाल रायको सभापतित्व तथा मन्त्री सिंहको  प्रमुसख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला उप सभापति सुरेन्द्र प्रसाद सिंह,गाउपालिका अध्यक्ष रामाजयोधी राय , धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह,क्षेत्र नम्बर ३ का नेता हरेस महतो लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा मन्त्री सिहलाई बधाई तथा सम्मानका साथै  अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech