जनताका सेवक मन्त्री सिंह कांग्रेसका उदाउँदो तारा

997 Shares

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम नेपाली कांग्रेस मधेश प्रदेश समितिका उप सभापति बिरेन्द्र प्रसाद सिंहले सर्लाहीको मात्र नभई मधेश प्रदेश कै शिर ठाडो पारेका स्थानीय जानकारहरुले बताएका छन् । नेपाल सरकार स्वासथ्य तथा जनसंख्या मन्त्रालयले भरखरै मधेश प्रदेश सहित सातै प्रदेशको स्वासथ्य क्षेत्रको मुल्यांकन गरी मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट भएको भन्दै सम्मान गरेपछि मन्त्री सिंहको मात्र नभई मधेश प्रदेशको शिर ठाडो भएको स्थानीय जानकार गजेन्द्र साहले बताए ।स्वास्थ्य क्षेत्रमा सातै प्रदेशको मुल्यांकन गर्दा मधेश प्रदेश उत्कृष्ट भएको भन्दै मन्त्री सिंहलाई प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले सम्मान गरेका मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
जनताका लागि केही गरौँ भन्ने हुटहुटी रहेका सालिन र भद्र कांग्रेस नेता सिंह सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (क)बाट प्रदेश सभा सदस्यमा पहिलो पटक निर्वाचित हुँदा मधेश प्रदेश सरकारको महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री भएका थिए भने दोस्रो पटक निर्वाचित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् ।पहिलो पटक मन्त्री हुँदा पनि मधेश प्रदेशका लागि लगनसिल भएर लागेका मन्त्री सिंहले दोस्रो पटकमा निकै सराहनयि काम गरेका साहले बताए ।नेपाली कांग्रेसका सभापति एवम निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिने मन्त्री सिंह ठुलालाई आदर सम्मान गर्ने र सानालाई माया गर्ने भएकाले पनि आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा(क)मा निकै लोकप्रिय छन् । उनी पार्टीको केन्द्रदेखि स्थानिय तह सम्मका नेताहरुसंग चिरपरिचित मात्रै छैनन् पार्टीभित्र पनि लोकप्रीय नेताको रुपमा स्थापित भएका छन् ।
पार्टीको संगठन विस्तारदेखि जनताहरुको समस्या सामाधान गर्न अहोरात्र खटिरहने कारण मन्त्री सिंह छोटो समय मै विपक्षीहरुको अगाडि चट्टान स्वारुप भएका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।उनीहरुका अनुसार केही विपक्षीहरु मन्त्री सिंहको लोकप्रियता र राजनितिक रफ्तार देख्न नसकेर कसरी रानितिक हिसाबले कमजोर पार्न सकिन्छ भनेर लागि परेका समेत पाइएको छ ।राजनितिमा छोटो समय मै मन्त्री सिंह चम्किलो देखिएपछि उनी भन्दा अगाडि राजनितिमा होमिएकाहरुको निदहराम भएको मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले बताए । उनका अनुसार मन्त्री सिंहलाई निर्वाचनमा पराजित गराउने खेलदेखि राजनितिमा पछि पार्ने धेरै दाउ खेलिएका भएपनि ती सबै असफल भएका छन् ।
विपक्षीहरुले मन्त्री सिंहलाई असफल बनाउने जालो बुनि रहेको समयमा पनि मन्त्री सिंह संगठन विस्तार तथा आफ्नो मन्त्रालयले गर्ने काम कार्बाहीमा निरन्तर लागि रहेका छन् । जसका कारण अहिले मधेश प्रदेशका आठै जिल्लामा सुविधा सम्पन्न प्रादेशिक अस्पतालहरु निर्माण भएका छन् । सानो स्वास्थ्य समस्या हुँदा पनि प्रदेश बाहिरि वा नीजि स्वास्थ्य संस्थाहरुमा जानु पर्ने प्रदेशबासी अहिले सुविधा सम्पन्न सरकारी स्वास्थ्य संस्थाहरुबाट सेवा लिन पाउँदा निकै खुसी भएका पाइएको मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले बताए ।
उनले मधेश प्रदेशका आठै जिल्लामा एउटा एउटा प्रादेशिक अस्पताल निर्माण,मधेश प्रदेशका सबै जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरुमा जनताका आधारभूत स्वास्थ्य समस्याहरुको समाधान गर्न सक्ने व्यावस्था समेत मिलाएका छन् ।आफुलाई जनताको सेवक सम्झीने मन्त्री सिंह नेपाली कांग्रेसका नेताको रुपमा मात्र नभई प्रदेश भरीका अन्य पार्टीहरुका नेताको रुपमा समेत उदाएका छन् ।

सम्बन्धित समाचार