Close This

हरिवन ११ मा भएको सांघातिक आक्रमणका ८ घाइते मध्य २ जनालाई विरगन्ज पठाईयाे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-७ गते   १७७४ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगामा सांघातिक आक्रमणमा परि  ८ जना घाईते मध्य २ जनालाई विरगन्ज रेफर गरिएको छ ।  हरिवन नगरपालिका ११ बालगंगा स्थित भित्रि सडकमा ढल निकासको विषयमा सामान्य विवाद हुँदा हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाका भाइ रेहान रेजको टोलीको  सांघातिक आक्रमणमा परेका अजर मन्जर र मोहमद चाँदलाई हरिवन नगरपालिका ११ मा रहेको स्वाभाविक अस्पतालमा सामान्य उपचार पछि विरगन्ज रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ भने अन्य ६ जनाको  स्वाभिमान अस्पतालमा उपचार भई रहेको छ ।
हरिवन नगरपालिका ११ बालगंगा स्थित भित्री सडक खण्डमा ढल निकास गर्ने विषयमा केही दिन पहिला पनि सामान्य विवाद भएको र मंगलबार साँझ करिब ७ बजे सामान्य विवाद भएको र घटनास्थलमा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारको अगाडि वडा अध्यक्ष रेजाका भाइ रेहानको टिमले रड लगायतका अन्य सामाग्रीले आक्रमण गर्दा हरिवन नगरपालिका ११ बालगंगाका अजर मन्जर,आल्म्वीर हुसेन,शेख अस्फाक,मन्जर अखिल,मोहमद चाँद,लालबाबु शेख,अप्सा खातुन र मिविन आलम गंभिर घाईते भएका छन् ।
८ जना माथि सांघातिक आक्रमण हुदा समेत प्रहरी निरिक्षक ताम्राकार घटनास्थल पुग्दा समेत आक्रमण हुदा पनि प्रहरी मौन  बसेको स्थानीयको आरोप छ । प्रहरी निरिक्षक ताम्राकारलाई कमसेकम घटना रोक्नुस भन्ने स्थानियको माग भएपनि प्रहरी निरिक्षक ताम्राकारले आफुलाई हरिवनमा बस्न मन नभएको बताएका छन् ।
मगंलबार साँझ सामान्य विवाद भएको र पछि ९ः३० बजे निर्वाचित वडा अध्यक्ष रेजाका भाई रेहानको टोलीले प्रहरीको अगाडि नै स्थानिय माथि रड प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीको अगाडि घटना भएको भए पनि प्रहरी मौन बस्नुले प्रहरीको समेत मिलेमतो रहेको स्थानियको भनाइ छ । ११ः२० देखि पुर्व पश्चिम लोकमार्गमा टायर वालेर नारा जुलुस गरेका स्थानियले भोलि बिहान ९ बजे सम्म घटनाका योजनाकार प्रहरीले नियन्त्रणमा नलिए पुन आन्दोलन गर्न र बुधबार बिहान ९ बजे सम्ममा घटनाका योजनाकार नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले प्रतिवद्वता जनाए पछि सडक पुर्ण रुपमा सुचारु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech