Close This

गाउँपालिका खानीखोला स्थानीय भाषा ऐन पारित गर्ने नेपालकै पहिलो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-५ गते   १६६ पटक हेरिएको

काभ्रेको खानीखोला गाउँपालिका स्थानीय भाषा ऐन ल्याउने नेपालकै पहिलो गाउँपालिका बन्न सफल भएको छ । गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गर्दै स्थानीय भाषा ऐन ल्याउने नेपालकै पहिलो गाउँपालिका बन्न सफल भएको हो ।
गाउँपालिकाको पुष २९ गते ११ औं गाउँ अधिवेशन सम्पन्न गर्दै सो ऐन पारित गरेको पछि  स्थानीय भाषा ऐन ल्याउने नेपालकै पहिलो गाउँपालिका बन्न सफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९,खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा साँस्कृतिक सङग्रहालय ऐन–२०७९ समेत पारित गरेको छ ।
त्यसैगरी खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ गाउँपालिकातर्फ स्थानीय भाषा ऐन ल्याउने पहिलो अध्यक्ष हुन सफल भएका छन् । उनका अनुसार गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाई नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिस गरेको छ ।
गाउँपालिकाले तामाङ मातृभाषाका विषय पठनपाठन गर्न र स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय विषय पठनपाठन गर्नको लागि आ.व. २०७९।०८० मा कार्यक्रम र बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष थिङले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech