मन्त्री सिँह अस्वस्थ भइ अस्पताल भर्ना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१३ गते   ४१९ पटक हेरिएको

मधेश प्रदेश सरकारका महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री  बिरेन्द्र प्रसाद सिंह अस्वस्थ भई अस्पताल भर्ना हुनु भएकाे छ ।
मधेश प्रदेश कांग्रेसका उप  सभापती समेत रहनु भएका मन्त्री सिंहलाई छातिमा समस्या देखिएपछि बुधबार राती देखि अस्पताल भर्ना गरिएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनुभयाे ।मन्त्री सिंहका स्वकीय सचिव  त्रिपाठिका अनुसार उहाँलाई जनकपुर स्थित काब्या हस्पिटलमा भर्ना गरिएको छ ।
मन्त्री सिंह सर्लाही क्षेत्र नम्बर ४ (क ) बाट नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य हुनु हुन्छ भने नेपाली कांग्रेसका प्रभावशाली नेता समेत हुनुहुन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech