लागु औषध मुद्धाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

205 Shares

सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले लागु औषध मुद्धाका फरार प्रतिवादीलाई करिब छ वर्षपछि पक्राउ गरेको छ।लालबन्दी नगरपालिका–१७ टिकुलियाका अन्दाजी वर्ष ४१ का संजीव नायकको घरबाट एक किलो पाँच सय ग्राम र उनको घर नजिकै बारीमा  ३४ किलो लागु औषध गाँजा बरामद् भएपछि उनी फरार रहेका थिए ।ईलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रमुख एवम प्रहरी निरीक्षक निर्मल थापाको समयमा लागु औषध बरामद् भएको भएपनि मानिस फरार रहेपछि उनलाई फरार प्रतिवादीको रुपमा मुद्धा विचाराधिन अवस्थामा रहेको थियो ।
हाल ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक श्याम थापा मगर आएपछि उनले असार १४ गते नायकलाई नियन्त्रणमा लिएका हुन ।प्रहरी स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीका यस अघिका प्रहरी प्रमुख र मुद्धा शाखामा प्रहरी कर्मचारी मिलेर कमिसनको प्रलोभनमा परेर नायकलाई उन्मुक्ती दिँदै आएकोमा केही दिन पहिला मात्रै ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुखको रुपमा प्रहरी निरीक्षक थापा आएपछि नायकलाई नियन्त्रणमा लिइएको हो ।

सम्बन्धित समाचार