नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले आयोजना गरेको क्रान्तिकारी कम्युनिष्टहरूको ध्रुुवीकरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब एक दर्जन नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले मधेश प्रदेश प्रादेशिक कार्यालय बर्दिवासमा आयोजना गरेको क्रान्तिकारी कम्युनिष्टहरूको ध्रुुवीकरण कार्यक्रममा नेकपा(माओवादी केन्द्र),लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) लगायतका पार्टी परित्याग गरि करिब एक दर्जन नेता कार्यकर्ता प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)सर्लाहीका सेक्रेटरी जनक राउतले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रदेव यादवको नेतृत्वमा र लोसपा नेपालका केन्द्रीय सदस्य नवल मण्डलको नेतृत्वमा गरी करिब एक दर्जन विभिन्न तह र तप्काका नेताकार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)मा प्रवेश गरेका हुन ।नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)मा प्रवेश गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवले माओवादी केन्द्र विकृतिमा फस्दै गएकाले आफुले श्रम,संघर्ष र अनुसन्धानमा लागि रहेको नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)मा प्रवेश गरेको बताएका छन् ।
नेपाली कम्युनियटहरु सत्तामा पुगेर बिग्रेको भन्दै एकपटक नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)ले आशा जगाएकाले नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह) र महासचिव नेत्र विक्रम चन्द(विप्लव)लाई विश्वास गर्नु पर्ने लोसपाबाट नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)मा प्रवेश गरेका मण्डलले बताए । नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)का स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल शर्मा(विरही)ले नवप्रवेशीहरुलाई माला लगाएर नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)मा स्वागत गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)का स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिलले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनियटहरु विच ध्रूवीकरण आवश्यक रहेको बताए ।उनले समाज रुपान्तरणका लागि सबै कम्युनिष्टहरु एक हुनु पर्ने आवश्यकता रहेको बताए ।क्रान्तिकारी कम्युनिष्टहरूको ध्रुुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)का पोलिटब्युरो सदस्य देवनारायण र पवन,सर्लाही सेक्रेटरी जनक र अखिल (समाजवादी) का केन्द्रिय सचीव अटल लगायतको उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टी(विप्लव समुह)मधेश प्रदेशले जनाएको छ ।