Close This

शुक्रबारको पानीले सर्लाहीमा अन्नबाली तथा घरहरुमा क्षेती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१२ गते   ८७१ पटक हेरिएको

फोटो क्याप्सन हावाहुरी र असिना पानीले पुर्याएको क्षेती मनोज बख्रेलको फेशबुक वालबाट

शुक्रबार परेको भीषण वर्षा र हावाहुरीले सर्लाहीका विभिन्न स्थानमा ठुलो षेती पुर्याएको छ । हावाहुरी र असिना पानीका कारण दर्जनौ घरका छाना उडाएको छ भने  अन्नबाली तथा फलफुल बालीमा क्षेती पुगेको छ  । लालबन्दी नगरपालिका र आसपासका केही स्थानहरूमा भएको भीषण असिना पानी र आधी हुरिले मकै, आँप लगाएत वालिनाली नस्ट गरेको हो । 


दिउँसोको समयमा चर्न निस्केका पशु चौपाया र चराचुरुङी सहित खेतबारीमा काम गरिरहेका किसानहरु समेत घाइते भएको स्थानियबासीले बताएका छन । क्षतीको पुर्ण विवरण आउन वाकी रहेको  छ । लालबन्दी नगरपालिका वडा नम्बर १२,१३,१४,१५ र १६ का साथै  इश्वरपुर नगरपालिका १२ मा पनि क्षती भएको स्थानियबासीले बताउका छन ।


शुक्रबार दिउँसो  करिब १ बजे आकाशमा कालो बादल मडारिदै छिटपुट वर्षा र ठुलो हावा चलेको थियोे । भने अचानक सुरु भएको वर्षाका कारण मकै, आँप लगाएत वालिनाली नस्ट हुनुको साथै मावन वस्तीका घरहरुका छाना समेत उडाएको र पशु चौपायहरु सामान्य घाईते भएका स्थानियबासीले बताएका छन । क्षेतीको विवरण आउन बाँकी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech