शिक्षाको यात्राका लागि भन्दै अखिल(क्रान्तिकारी)सर्लाहीका उपाध्यक्ष पासवानद्धारा राजीनामा

645 Shares

नेकपा(माओवादी केन्द्र)को भातृसंगठन अखिल (क्रान्तिकारी)सर्लाहीका उपाध्यक्ष तथा निवर्तमान केन्द्रीय सदस्य प्रकाश पासवानले पदबाट राजीनामा दिएका छन्।लामो समयदेखि विद्यार्थी राजनीति र संगठनमा सक्रिय रहँदै आएका पासवानले आफु उच्च शिक्षा अध्ययनका लागि जापान प्रस्थान गर्न लागेको हुँदा पदबाट राजीनामा दिएको बताएका छन् ।
पासवानले एक विज्ञप्ती जारी गर्दै“आफु बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्किएको उल्लेख गर्दै बुवा शम्भु पासवान जनयुद्धपूर्वदेखि नै राजनीतिक रूपमा सक्रिय रहेका र दोस्रो संविधानसभा सदस्य समेत भइसकेको समेत उल्लेख गरेका छन्।२०७८ सालमा अखिल (क्रान्तिकारी) सर्लाही क्याम्पस इकाइ कमिटीको सचिव हुँदै २०८१ मा केन्द्रीय सदस्य र सर्लाही जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालेको आफुले विद्यार्थी राजनीति यात्रामा साथ,प्रेरणा र स्नेह दिने सम्पूर्ण अग्रजहरूप्रति आभार व्यक्त गरेका छन्।”
पारिवारिक परिस्थिति र बैदेशिक अध्ययनका कारण यहि वैशाख २ गते जापान जाने तयारीमा रहेका उनले“दुःखको समयमा पार्टीका केही तहका नेताबाट सहयोग नपाएको गुनासो गरेका छन् भने आफूलाई साथ दिनेहरूलाई विशेष धन्यवाद दिएका छन्।पासवानले आफ्नो राजीनामा पत्रमा“हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी),हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र समाज परिवर्तनको निम्ति जुनसुकै कालखण्डमा र जुनसुकै अवस्थामा रहे पनि योगदान गर्दै अगाडि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।””भनेका छन् ।
माओवादी केन्द्रमा संस्थापन र संस्थापन इतरको लडाईका कारण माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरुमा निराशा छाई रहेको समेत माओवादी केन्द्रका नेताहरुले समय समयमा बताउँने गरेका छन्।विशेषत सर्लाहीमा संस्थापन रसंस्थापन इतरको आन्तरीक विवाद समय समयमा सत्तहमा छताछुल्ल पोखिने गरेको छ ।

सम्बन्धित समाचार