राष्ट्रिय फुटबल टिममा बागमती युवा क्लबका ४ खेलाडी छनोट

4.9k Shares

 सर्लाहीको बागमती युवा क्लबका ४ जना खेलाडी राष्ट्रिय फुटबल टिममा परेका छन् । अखिल नेपाल राष्ट्रिय फुटबल संघ(एन्फा)ले आयोजना गरेको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बागमती युवा क्लबका ४ जना खेलाडी छनोट भएका हुन ।
देशभरबाट  सहभागी खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको भएपनि बागमती युवा क्लबबाट मात्रै ४ जना खेलाडीहरु राष्ट्रिय फुटबल टिममा पर्न ुफल भएका बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनु भयो । उहाँका अनुसार बागमती युवा क्लबमा आवद्ध अमर श्रेष्ठ,अभिषेक वाईवा,दिपेश राई र प्रितम स्यांवो राष्ट्रिय फुटबल टिममा पर्न सफल भएका हुन ।
राष्ट्रिय फुटबल टिममा २० वर्ष मुनीका खेलाडीहरुको छनोटका लागि एन्फाले  बन्द प्रशिक्षण सञ्चालन गरेको थियो । सो बन्द प्रशिक्षणबाट राष्ट्रिय फुटबल टिममा देशभरबाट ४० जना खेलाडीहरु छनोट भएका छन् । एन्फाका मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा खेलाडी छनोट गर्दा आफुहरुको जस्तो मोफसलको क्लबबाट भएपनि ४ जना खेलाडीहरु राष्ट्रिय फुटबल टिममा पर्न सफल हुनु गर्वको कुरा रहेको बागमती युवा क्ललका सचिव कुमार प्रधानले बताउनु भयो ।
मोफसलको क्लब भएपनि ए डिभिजन लिगका धेरै क्लबहरुसंग खेल खेली सकेको र ए डिभिजन लिगका धेरै क्लबहरुलाई पराजीत गरेको बागमती युवा क्लब मोफसलका क्लबहरु मध्य निकै चर्चाको क्लबको सुचिमा रहेको क्लबका महा सचिव तथा बागमती नगरपालिकाको खेलकुद संयोजक सागर मैनालीले बताउनु भयो । उहाँका अनुसार मोफसलको चर्चित फुटबल क्लब बाग्मती युवा क्लब सर्लाही,मधेश प्रदेशको मात्र नभई देशभरकै सुविधासम्पन्न र चर्चित क्लबको रुपमा परिचित रहेको छ । क्लबको आफ्नै खेल मैदान, क्लबको आफ्नै सवारी साधन समेत छ भने स्पोर्ट युथ एकेडेमी सञ्चालन गर्नुका साथै क्लबका महिला र पुरुष टिमले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा पनि गर्दै आएका छन्। त्यस क्षेत्रमा सामाजिक काममा पनि सक्रिय बागमति युवा क्लबको एम्बुलेन्स समेत सञ्चालन गरेको छ ।
क्लबको संरक्षकको भुमिका खेली रहेको बागमती नगरपालिका बागमती युबा क्लबको हरेक गतिविधिहरुमा सकेको सुधारात्मक परिवर्तन ल्याउन तल्लीन रहेको नगरप्रमुख भरत कुमार थापाले बताउनु भयो । उहाँले बागमती नगरपालिकाका सबै वडाको खेलकुदलाई  समेटीएको र खेलाडी तथा क्लबलाई आवश्यक सकेको सहयोग गर्ने बताउनु भयो ।
मधेश प्रदेशको सानको रुपमा विकास हुदै गरेको बागमती युवा क्लबलाई ‘ए’ डिभिजन लिग सम्म पुर्याउने योजनाका साथ बागमती नगरपालिका सहित सरोकारवाला निकायहरु लागि रहेको समयमा राष्ट्रिय फुटबल टिममा आफ्ना ४ जना खेलाडी छनोट हुनुले क्लबको शान झन बढेको क्लबले जनाएको छ ।
बागमती युवा क्लबले हरेक वर्ष मधेश प्रदेशको शानको रुपमा रहेको राजर्षी जनकको नाममा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘राजर्षी जनक कप ’ प्रतियोगीता समेत सञ्चालन गर्दै आएको छ । बागमती नगरपालिका देशकै खेलकुद विकासमा अग्रणी स्थानिय निकायको रुपमा परिचित रहेको छ । भने क्लबले पनि सुधारात्मक गतिविधिहरु जारी राखेको छ ।

सम्बन्धित समाचार