सर्लाहीको अस्थायी ट्राफिक प्रहरी चोकपोष्ट कर्मैयामा कार्यरत प्रहरी जवान विकास कलवार कमिसन असुलीमा व्यस्त रहेका छन् । प्रहरी जवान कलवार पुर्व पश्चीम राजमार्गमा सञ्चालित मालवाहक तथा यात्रु बाहक सवारी साधनहरुबाट कमिसन असुल्नमा व्यस्त रहेका भिडियो कमलामाई मिडिया प्रा.लि सहित धेरै सञ्चार माध्यामहरुलाई प्राप्त भएको छ ।
यातायात व्यावसायीहरुले पटक पटक गुनासो गर्दा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले उनलाई विगत करिब ४ महिनादेखि कर्मैया मै रहँदा पनि वेवास्था गरेपछि उनको कमिसन असुली धन्दा झन मौलाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हबल्दार शिव काफ्लेको संरक्षणमा प्रहरी जवान कलवारले असुली धन्दा चलाएका ट्राफिक प्रहरी अधिकारीहरु नै बताउँछन् ।सप्तरी दरबन्दी भई जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हबल्दार काफ्लेले प्रहरी निरिक्षक लेखनाथ मैनाली घर विदामा बसेको समयमा मातहतका ट्राफिक प्रहरी युनिटहरुलाई कमिसन उठाउन भनेका समेत पाइएको छ ।
प्रहरी हबल्दार काफ्लेको आडमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही मै कार्यरत सहायक हबल्दार रोशन नाथ,प्रहरी जवान राम प्रसाद घिमिरे(पवन),ट्राफिक प्रहरीका चालक सहायक हबल्दार गणेश परियार लगायतले कमिसन असुली चर्काएका छन् ।
ट्राफिक प्रहरी पोष्ट लालबन्दीका हबल्दार सचिन मिश्र,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हबल्दार काफ्ले,सहायक हबल्दार नाथ,जवान घिमिरे र चालक सहायक हबल्दार परियारले कार्यालय अगाडि हुने चेकजाँचमा कमिसन असुल्ने गरेका छन् । उनीहरुले सवारी साधनहरु चेकजाँचको नाममा ट्रक,म्याजिक,अटोरिक्सा र ट्याक्टर चालकहरुबाट असुली धन्दा मच्याएका सवारी चालकहरुको गुनासो छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैयामा कार्यरत प्रहरी जवान सागर यादव र कलवारले हबल्दार काफ्लेको निर्देशनमा कमिसन असुल्ने गरेका पाइएको हो । प्रहरी निरिक्षक मैनालीलाई विभिन्न किसिमका बनावटी कुरा लाउने र आफु राम्रो बन्न खोज्ने क्षमता भएका हबल्दार काफ्लेले मातहतका ट्राफिक युनिटहरुका प्रमुख बरिष्ठ सई देखि हबल्दारहरुलाई थर्काउने गरेका समेत पाइएको छ ।
जिल्ला भित्रका प्रत्येक ट्राफिक यूनिटबाट ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मैनालीको नाममा कमिसन उठाएर मोज गर्न पल्कीएका उनीहरुलाई ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मैनाली बिदामा गएसंगै दशैँ आएको झैँ भएको छ ।
ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दुःख दिने र हप्ता तथा महिनावारी तिर्ने ठूला सवारी साधनहरुसँग अबैध रकम असुल्ने गरेका चालकहरु बताउँछन् ।
‘महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दुःख दिने मनसायले सवारी साधनलाइ घण्टौ सडकमा रोकि दिन्छन् ।जसरी पनि कमिसन दिनै पर्छ । एक सवारी चालकले बताए ।
साँझ पर्न नपाउँदै मापसे गर्न माहिर हबल्दार काफ्ले,सहायक हबल्दार नाथ र परियारका साथै जवान घिमिरे मापसे गरी कार्यालयमा आएर आफु भन्दा तल्लो तहका ट्राफिक प्रहरी कर्माचारीहरुलाई गाली गलौज गर्ने,धम्क्याउने लगायतका काम गर्ने गरेको ट्राफिक प्रहरी कर्माचारीहरुको भनाई छ ।
तर ट्राफिक प्रहरीले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कारवाही गर्ने प्रहरी निरिक्षक मैनालीले बताए । हबल्दार काफ्ले अफिस कलर भएका कारण कमिसन बढी दिनेलाइ बढि कमाई हुने पोस्टमा पठाउने र कमिसन कम दिनेलाई कम कमाई हुने पोस्टमा पठाउने गरेका समेत पाइएको छ ।सहायक हबल्दार नाथको विषयमा यस अघि पनि विभिन्न सञ्चार माध्यामहरुमा समाचारहरु प्रकाशन भएका थिए । सो समयमा पनि पत्रकारले समाचार लेख्दैमा केही हुँदैन भन्दै मन मनोवल बढाएका ट्राफिक प्रहर िअधिकारीहरु नै बताउँछन् ।