Close This

सर्लाही ३(क) का स्वतन्त्रत उम्मेदवारको चरित्रहत्या गरियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-३ गते   ३६८८ पटक हेरिएको

सर्लाहीको क्षेत्र नं. ३(क) का प्रदेश सभा सदस्य तर्फका स्वतन्त्रत उम्मेदवार जवाहरलाल  कुशवाह,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र बागमती नगरपालिकाका नगर प्रमुख त कुमार थापाको चरित्रहत्या गरेको भन्दै उनिहरुले आपत्ति जनाएको छ।
शुक्रबार साँझ हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीको घरमा पुगि फर्किने क्रममा नेकपा(एमाले) का कार्यकर्ताहरुले सर्लाही ३(क) का स्वतन्त्रत तर्फका उम्मेदवार कुशवाहलाई घेरेर  पैसा बाँडेको आरोप लगाउँदै भिडियाे बनाएर हरिवनमा नगर प्रमुख बुढाथोकी,बागमतीका नगर प्रमुख थापाकाे नाम जाेडेर चरित्र हत्या गर्नुका साथै बदनाम गराएकाे उनिहरुले आपती जनाएका छन् । 
हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीलाई भेट्न गएर फर्किदाँ एमालेका कार्यकर्ताहरुले सर्लाही ३(क) का स्वतन्त्रत उम्मेदवारकाे गाडीलाई घेरेर बागमती र हरिवनका नगर प्रमुख नाम लिदै  भिडियाे बनाएका एक स्थानियले बताए ।
‘कुनै तथ्य र प्रमाणविना गैरराजनीतिक कुरा गरी चरित्रहत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यो घटना गरिएको छर्लंग छ’, सर्लाही ३(क) स्वतन्त्रत उम्मेदवारमा एक सहयाेगीले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
यि विषयमा ईलाका प्रहरी कार्यालय हरिवनलाई तत्कालै जानकारी गराएकाे भए पनि प्रहरी घटनास्थलमा नआउनुले प्रहरीको समेत मिलेमताेमा दुई नगर प्रमुखकाे नाम जाेडेर सर्लाही ३ ( क) स्वतन्त्रत उम्मेदवार कुशवाहकाे  बदनाम गराउने र चरित्र हत्या गर्ने काम गरिएको प्रति स्थानियले  गंभिरध्यानाकर्षण भएको बताएका छन् । 
 एमालेले चुनाव हार्ने निश्चित भए पछि विभिन्न प्रकारका नाटक सेरु गरेकाे स्थानियले नाम नबताउने सर्तमा कमलामाई मिडिया प्रा.लिलाइ बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech